Tuesday, January 19, 2021

यि हुन घरेलु तरिकाबाट ओठलाई गुलाबी बनाउने उपायहरु !

- Advertisement -

ओठ मानिसको सुन्दरताको प्रतिरुप हो। विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन्। लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन्। ओठलाई सुन्दर बनाउन लगाइएका साधनले उल्टै कालो बनाइरहेका हुन्छन्। यसले महिलाहरुलाई निराश बनाइरहेको हुन सक्छ। आउनुहोस्, ओठको कालोपन हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपायबारे थाहा पाउनुहोस्ः
१. कोको बटर
दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस्। उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्नुहोस्। यसमा कोको बटर हाल्नुहोस्। यो मिश्रणलाइ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाउनुहोस् । यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ।

२. दूधको तर
ओठको सुख्खापन हटाउँन थोरै तर (नौनी) मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस् । यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ।

३. गुलाबको पत्ता
ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस्।

४. कागती
कागतीले पनि ओठको कालोपन हटाउँछ। यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस्।

५. केसर
काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस् । यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ ।

६. मह
महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस्। दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ।

७. अण्डा
अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ । यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ।

८. जैतूनको तेल
यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ।

९. चुकन्दर
चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ। चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुनेछ। (naulotoday.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

आमा बन्नु हरेक महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । गर्भावस्थामा महिलाले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ । महिलाको मात्र लागि नभई पेटमा भएको...

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

बैतडी– बैतडीका ८ ओटा स्थानिय तहहरु कोरोनाका शुन्य संक्रिय संक्रमीत पालीका भएका छन । संक्रमण पुष्टि भएका सबै जना निको भएर डिस्चार्ज भए पछि...

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार...

  प्रश्न ः म २६ वर्षको छु। मेरो अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दाना आएको छ। यस्तो किन आउँछ? उपचार...

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

काठमाडौं – बेसाार स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो तरकालीमा हाल्दा तरकालीको स्वाद र रङमा मिठो पना...

कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका

सुदुर पशिम खबर माघ ५ काठमाडौँ । कालो र मुलायम कपाल सुन्दरताको प्रतिक हो । मानिसको शरिरलाई जस्तै कपाललाई पनि पोषण तत्वको आवश्यकता पर्ने हुनाले...

मुटुलाई स्वस्थ राख्न खानुहोस् यी खानेकुरा !!

हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ...

८ घण्टाभन्दा कम सुत्नुहुन्छ रु हुनसक्छ यस्तो खतरा

एजेन्सी( दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा ९डिप्रेसन०को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन...

यस्ता छन दही खानुको फाइदा , बाथरोगबाट बच्न खानुहोस् दही !!

दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्ने सल्लाह दिइन्छ ।दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ । यसले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया