सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संसद् विघटन विरुद्ध डडेल्धुरा सदरमुकाममा पनि कांग्रेसद्वारा प्रदर्शन !

डडेल्धुराः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा सोमबार डडेल्धुरामा पनि प्रदर्शन गरेको छ।

नेपाली कांग्रेस डडेल्धुराले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जिल्ला सदरमुकाम बागबजारमा विरोध प्रर्दशन गरिएको जनाएको छ।

Sana Kishan

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत डडेल्धुरामा पनि प्रर्दशन गरिएको कांग्रेस डडेल्धुराले जनाएको छ। प्रदर्शन सहितको सभालाई जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका छन्।

World Link Ads
Mahakali Polytechnic

सभालाई नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल, नेविसंघका पूर्वसभापति नैनसिह महर, सभासद नरभान कामी, जिल्ला समन्वय समितिका संयाजक गणेश भट्ट, पार्टीका उपसभापति करुणाकर भट्ट, स्ववियू सभापति जगत ऐर, तरुण दलका सभापति सेरबहादुर साउद, कांग्रेसका केन्द्रिय सदस्य जनक कलौनी, नेतृ गोपा थापा लगायतले सम्बोधन गरेका थिए। भोली नेकपा डडेल्धुराले गर्ने पनि प्रर्दशन गर्ने अध्यक्ष मानसिह मालले बताए ।  (infokhabar.com बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.