सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दक्षिण अफ्रिकाबिरुद्ध श्रीलंकाको १ इनिङ र ४५ रनको शर्मनाक हार

काठमाडौं : घरेलु टिम दक्षिण अफ्रिकाले दुई टेस्टको सिरिजअन्तर्गत पहिलो टेस्टमा श्रीलंकालाई इनिङ्ग्स र ४५ रनले पराजित गरेको छ। पहिलो इनिङ्ग्समा श्रीलंका ३९६ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६२१ रन जोडेर २२५ रनको अग्रत लिएको थियो।

Sana Kishan

पहिलो इनिङ्ग्समा दक्षिण आफ्रिकाका फाप डु प्लेसिसले १९९ रन जोडेका थिए। दोस्रो इनिङ्ग्समा श्रीलंका १८० रनमै अलआउट हुँदा दक्षिण अफ्रिकाले इनिङ्ग्सको जित हासिल गर्‍यो। दोस्रो इनिङ्ग्समा श्रीलंकालाई सस्तोमा रोक्ने क्रममा दक्षिण अफ्रिकाका चार बलरले २-२ विकेट लिए।

लुङ्गी एनगिडी, एनरिच नोकिया, वियान मुल्डर र लुथो सिपाम्लाले २-२ विकेट लिएका हुन्। श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ६४ रन जोडे।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.