सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा जोगाउन बामदेवले ल्याए तीन प्रस्ताव

काठमाडौं । नेकपा सम्बद्ध केही कानुन व्यवसायीले पार्टी विभाजनमा तटस्थ रहेका उपाध्यक्ष बामदेव गौतमलाई पार्टी एकता जोगाउन ३ बुँदे प्रस्ताव बालुवाटारमा पु¥याउन सुझाब दिए पनि प्रधानमन्त्री पक्षबाट तीनवटै प्रस्ताव अश्वीकार गरिएको चर्चा चलेको छ ।

तीन तीन बुँद थिए–प्रतिनिधिसभा पुनर्स्थापना, नेकपा दुवै समूहको संयुक्त सरकार र एक(एक वर्ष केपी ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने ।

तर यी तीनै प्रस्ताव अश्वीकार भएको गौतम निकट स्रोतले दावी गरेको छ । कुनै पनि अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जानकारी आएपछि यो च्याप्टर क्लोज भएको गौतम निकट स्रोतले बतायो ।

World Link Ads
Mahakali Polytechnic

स्रोत भन्छ– गौतम आफ्नै नभएर कुनै वकिलको थियो र यो प्रस्तावमा उनी पनि सकारात्मक थिए । तर कुनै हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जवाफ आएपछि यो सम्भावनाको अन्त भयो । पार्टी बिभाजनमा कतै नलागेका गौतम अब सर्बोच्च अदालतको फैसला नआउन्जेल तटस्थ रहने स्रोतले जनाएको छ ।

Dirghayu Ads

म प्रचण्डको पक्षमा लाग्दिनँ – वामदेव

Sana Kishan

‘म तपाईं (प्रचण्ड) को पक्षमा लाग्दिनँ, म अझैपनि पार्टी एकताकै पक्षमा छु’( नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको भनाइ हो यो ।

पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहानै खुमलटारमा बोलाएर आफ्नो पक्षमा लाग्न आग्रह गरेपछि वामदेवले यसो भन्नुभएको हो । ‘म प्रचण्ड(माधवकुमार नेपाल पक्षमा लाग्दिनँ, अरू पक्षमा पनि जाँदिन म सिर्फ पार्टी एकताको पक्षमा छु’( वामदेवको भनाइ छ ।

नेकपाको प्रचण्ड(माधव समूहले नेताहरूलाई आफ्नो पक्षमा लाग्न फकाइरहेको छ । प्रतिनिधि सभा विघटनपछि फुटेर गएको सो समूहले गौतमलाई पटक(पटक आफ्नो पक्षमा लाग्न आग्रह गरेको छ । तर गौतमले अझै पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउँदै आउनुभएको छ ।

वामदेवलाई खुमलटार बोलाएर प्रचण्डले आफ्नो पक्षमा लाग्न पटक(पटक अनुरोध गर्नुभएको थियो । तर वामदेवले ठाडै अस्वीकार गर्नुभएको उहाँका प्रेस सल्लाहकार संयोजन विश्वमणि सुवेदीले जानकारी दिनुभयो । प्रचण्डले उचित पद दिने भन्दै आफ्नो पक्षमा लाग्न वामदेवलाई आग्रह गर्नुभएको थियो । तर वामदेवले प्रचण्डको सो प्रस्ताव ठाडै अस्वीकार गर्नुभएको हो ।

ँबअभदययपत्धष्ततभचँबअभदययप ःभककभलनभचध्जबतकब्उउीष्लपभमक्ष्लक्जबचभ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.