मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सोमबार तोलामा ७ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ घटेको हो ।
सोमबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैंयाले घटेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया