सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साफ च्याम्पियनसीप फुटबल बंगलादेशमा हुने

काठमाडौं । साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो । बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ ।

Sana Kishan
World Link Ads
Mahakali Polytechnic

महिला यू–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । यस्तै पुरुषतर्फ साफ यू–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.