Wednesday, January 20, 2021

सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा बर्खास्त

- Advertisement -

धनगढीः सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताए।

ओली समुहमा रहेका मन्त्री बाेहरालाई पदमुक्त गर्न प्रचण्ड-नेपाल नेतृत्वकाे समुहद्वारा मुख्यमन्त्री त्रिलाेचन भट्टलाई दवाव थियाे ।

बहुमत कायम राख्ने कसरतमा प्रचण्ड-नेपाल समूह
नेकपाका प्रदेश सभा सदस्यहरूकाे समूह फेरबदल गर्ने क्रम बढेसँगै सुदूरपश्चिममा प्रचण्ड–नेपाल समूहलाई बहुमत जोगाउन हम्मे परेको छ । ओली समूहमा खुल्ने सांसदको संख्या बढ्न थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार अल्पमतमा पर्ने विश्लेषण गर्न थालिएको छ ।

पार्टी एक हुँदा ओली पक्षमा तीनजना मात्र थिए । अहिले यो समूहमा ६ जना खुलिसकेका छन् । सात सदस्यीय मन्त्रिमण्डलमा दुई मन्त्री ओली समूहमा लागेका छन् । प्रचण्ड–नेपाल समूहको बहुमत जोगाउने र ओली समूहको सरकार अल्पमतमा पार्ने कसरतले सांसद तानातान भइरहेको छ ।

केही सांसद अहिले कुनै समूहमा खुलेका छैनन् । प्रचण्ड–नेपाल समूहका असन्तुष्टलाई ओली समूहका नेताहरूले आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् ।

आफ्नो पक्षमा संख्या बढ्दै गएपछि ओली समूह उत्साहित बनेको छ । ५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित नेकपाका ३९ जना प्रदेश सभा सदस्य छन् । ओली समूहमा १२ जना पुगे सरकार अल्पमतमा पर्नेछ ।

सरकार गठनका लागि २७ जना आवश्यक पर्छ । प्रदेश सभामा आफ्नो पक्षमा १४ जना पुग्ने ओली समूहका एक केन्द्रीय सदस्यले दाबी गरे । प्रदेशमा सरकार फेर्ने गरी समीकरण बनिरहेको ती केन्द्रीय सदस्यको दाबी छ ।

सुदूरपश्चिमका प्रभावशाली नेता लेखराज भट्ट ओली समूहमा रहेकाले उनीनिकट केही प्रदेश सभा सदस्य ओली समूहमा जाने तयारी रहेको बताइएको छ । ओली समूहबाट केन्द्रीय सदस्य बनेका प्रदेश सभा सदस्य रतन थापाले प्रदेशमा प्रचण्ड–नेपाल समूहको बहुमत तोडिने दाबी गरे ।

‘प्रदेश सरकार अल्पमतमा पर्ने गरी हाम्रो संख्या पुग्ने निश्चित भएको छ । केही दिनमै धेरै साथीहरू खुलेर हामीतिर लाग्नुहुन्छ,’ थापाले भने, ‘सरकारको बहुमत तोडिन्छ । सरकार गठन भने कांग्रेससँग केन्द्रमा हुने समीकरणमा भर पर्छ ।’ का‌ंग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठन गर्न ओली समूहमा १३ जना पुग्नुपर्नेछ ।

प्रदेशमा सुविधाजनक बहुमतमा रहेको प्रचण्ड–नेपाल पक्ष बहुमत कायम राख्ने कसरतमा छ । त्यसका लागि असन्तुष्टलाई विभिन्न जिम्मेवारी दिएर मनाउने प्रयास थालिएको छ ।

असन्तुष्टको व्यवस्थापनका लागि मन्त्रिपरिषदमा ओली पक्षका मन्त्री हटाएर नयाँ नियुक्त गर्ने, मन्त्रालय थप गर्ने र राज्यमन्त्री थप्ने तयारी रहेको प्रचण्ड–नेपाल समूहको छ । यस्तै प्रदेश सभाका संसदीय समिति संख्या बढाउने र सभापतिको जिम्मेवारी हेरफेर गरिने उक्त समूहका एक सांसदले बताए ।

सात सदस्यीय प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा ओली समूहका हुन् । लेखराज भट्टनिकट आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा पनि ओली समूहतिरै लागेका छन् । विधायन समितिका नेपालु चौधरी पनि ओली समूहका हुन् । ओली समूहमा लागेकालाई हटाएर नयाँलाई नियुक्त गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

प्रचण्ड–नेपाल पक्षका नेताहरूले भने आफ्नो स्पष्ट बहुमत रहेकोले सरकार फेरबदल हल्ला मात्र भएको दाबी गरेका छन् । यो समूहमा रहेका नेकपा संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभामा आफ्नो पक्षको सुविधाजनक बहुमत रहेकाले सरकार फेरबदल नहुने दाबी गरे ।

‘कसैले सरकार फेर्छु भन्दैमा सम्भव छैन,’ नेकपा केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘हामीसँग सुविधाजनक बहुमत छ भन्ने प्रस्टै छ ।’ सरकार भने विस्तार हुन सक्ने उनले बताए । अल्पमतमा परेको अवस्थामा आवश्यकताअनुसार कांग्रेस र जनता समाजवादीसँग मिलेर सरकार बनाउने प्रचण्ड–नेपाल समूहको रणनीति छ ।

मुख्यमन्त्री भट्टले आइतबार मात्र कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावललाई भेटेर आवश्यक परे सहयोग मागिने बताएका थिए । प्रदेश सभामा कांग्रेसका १२ र जसपाका दुई सांसद छन् ।

प्रचण्ड–नेपाल समूहभित्रै सरकार फेर्नुपर्ने आवाज

बहुमत भए पनि प्रचण्ड–नेपाल पक्षभित्रै सरकारको नेतृत्व फेर्नुपर्ने आवाज भने चर्को छ । पूर्वमाओवादीको भागबन्डाबाट मुख्यमन्त्री बनेका भट्टको कार्यशैलीप्रति उनकै समूहमा रहेका पूर्वमाओवादीकै प्रदेश सभा सदस्य असन्तुष्ट छन् । पूर्वएमाले समूहका केही प्रदेश सभा सदस्य नेतृत्व फेर्नुपर्ने लबिङमा छन् । पार्टी दुई समूहमा विभाजन भएको अवस्था रहेकाले एउटै समूहभित्रबाट तत्काल मुख्यमन्त्री फेरबदल भने नहुन सक्छ ।

प्रचण्ड–नेपाल समूहका नेता भीम रावल सोमबार धनगढी पुगेका छन् । सरकारको बहुमत कायम राख्नका लागि असन्तुष्टको व्यवस्थापन गर्न उनले छलफल सुरु गरेका छन् ।

सत्ता समीकरणमा जोडघटाउ तीव्र बनेका वेला प्रमुख प्रतिपक्षी कांग्रेस पर्ख र हेरको अवस्थामा छ । कांग्रेस नेताहरू संघमा हुने पार्टी समीकरण र केन्द्रको निर्देशन कुरेर बसेका छन् । नेकपा प्रदेश सभा सदस्यहरू को कुन पक्षमा भन्ने खुलिसकेपछि कुन पक्षसँग समीकरण गर्ने भन्ने तय हुने कांग्रेस संसदीय दलका नेता रावलले बताए । उनले भने, ‘पहिले त उहाँहरू को कता जाने भन्ने ‘क्लियर’ हुनुपर्‍यो । त्यसपछि सरकार गठनको विषयमा छलफल हुन्छ ।’

यही सरकारको बहुमत कायम रहे पनि नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने कांग्रेसको पनि मत छ । ऐन, कानुन, विधेयकहरू बनाउने, विकास निर्माण र समृद्धिको पक्षमा सरकारले कामै गर्न नसकेको कांग्रेसको आरोप छ । ‘काम गर्न सकेन भनेर सत्तापक्षकै मान्छे लागेका छन् । सरकारले काम गर्न सकेन, नेतृत्व परिवर्तन गरिनुपर्छ भनेर हामीले पनि भन्दै आएको विषय हो,’ नेता रावलले भने ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पश्चिम रुकुमको राडी बजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी !

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी...

कलिला मनमा हिंसाको छाप, क्रमशः गुलाबसाह खातुन, कञ्चन पञ्जियार, रेश्मा रसाइली,...

जनकपुरधाम : चार वर्षीया सबिना खातुन पछिल्लो समय स्कुल जान थालेको दुई साता भयो। एलकेजीमा पढ्ने उनी पहिलाजस्तो रमाउँदिनन्। न घरमै खुसी देखिन्छिन्। उनी...

आफ्नो नागरिकताको विवरण अब मोबाइलबाटै सच्याउन सकिने !

काठमाडौं । सरकारले गएको शुक्रबार सार्वजनिक गरेको नागरिक एपमा नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउने भएको छ । गृह...

बैतडीमा ‘क्यान्सर पीडित चन्द बचाऔं’ अभियान शुरु !

बैतडी-  बैतडीमा अनिल चन्द बचाऔं अभियान शुरु भएको छ । क्यान्सरबाट पीडित चन्दको उपचारमा आर्थिक अभाव भएपछि सामाजिक अभियान्ता महेश भट्टको अगुवाईमा अभियान शुरु...

विदेशको नाैकरि छाडेर ढुंगाखानीमा भविष्य खोज्दै युवा !

बागलुङ : गल्कोटका नगरपालिका–६ भुजुङका ४० बर्से खगेन्द्र श्रीस ८ वर्ष साउदी अरबमा काम गरेर फर्किए । गाउँ फर्किए पनि केही समय विदेश मोहले...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका...

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

जुम्ला। देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका...

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया