सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरद्वारा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री तथा पोशाक वितरण !

कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका अभिभावकहरुका बालबालिकालाई नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरले शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ ।

सिबिएमको आर्थिक सहयोगमा कञ्चनपुरका विभिन्न क्षेत्रमा रहेका विपन्न परिवारका विद्यालय जाने उमेरसमूहका बालबालिकाहरुलाई छनौट गरी शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरकी अध्यक्ष अनिता ढुंगानाले बताउनु भयो ।

यसैक्रममा, वेदकोट र पुनर्वास नगरपालिका क्षेत्रमा रहेका ६।६ जना अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका अभिभावकहरुका बालबालिकालाई छनौट गरी सोमबार शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

वेदकोट नगर क्षेत्र भित्रका बालबालिकाहरुलाई ती सामग्री हस्तान्तरण गर्दै वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय जान प्रेरित गर्ने, पढ्नमा हौसला प्रदान गर्ने र मनोवैज्ञानिक रुपमा सकारात्मक सोचाई स्थापित गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

Dirghayu Ads

नेपाल अपाङ्ग महिला संघकी केन्द्रीय महासचिव मिना पौडेल, नेपाल अपाङ्ग महिला संघ कञ्चनपुर जिल्ला अध्यक्ष अनिता ढुंगाना सहितका पदाधिकारी, वेदकोटका जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित बालबालिका र अभिभावकहरुको उपस्थितिमा सोमबार एक कार्यक्रमका बीच वेदकोट नगरपालिका परिसरमा शैक्षिक सामग्री र पोशाक वितरण गरिएको कार्यक्रम संयोजक पुजा पन्तले जानकारी दिनु भएको छ । त्यस्तै, पुनर्वासमा समेत नेपाल अपाङ्ग महिला संघका प्रतिनिधिहरुले शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको बताइएको छ ।

(हरिश्चन्द्र बागले nepalbodh.com मा लेखेका छन ।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.