सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तामाका भाँडामा कहिल्यै भुलेर पनि नराख्नुहोस् यी ५ कुरा !

धेरै नेपालीको घरमा तामाको भाँडा प्रयोग गर्छन । परापुर्वकालबाटै तामाको भाँडालाई शुद्ध र धार्मिकतासंग जोडिएर हेरिन्छ ।धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ । तर कतिपय अवस्थामा तामाको भाँडो हाम्रा लागी हानिकारक पनि हुन सक्छ । तामाको भाँडामा केहि खानेकुराहरु राख्नु हुदैन । अन्यथा तामामा हुने तत्वको रसायनिक प्रतिक्रिया शरीरका लागि घातक हुनसक्छ । त्यसैले तामाका भाँडामा यी ५ कुरा कहिल्यै नराख्नुहोस् ।

अचारःतामाको भाँडोमा भुलेर पनि अचार राख्नु हुदैन । अचारमा हुने नुनिलो पानी तामासँग मिल्न जान्छ र यसले फुड पोइजन बनाउने सम्भावना हुनसक्छ ।

कागतीको रसःतामाको भाँडोमा राख्न नहुने अर्काे वस्तु हो कागतीको रस । कागतीको रसमा हुने एसिड तामासँग मिल्ने भएकाले यसले एसिडिटी वा पेट दुखाई जस्ता समस्या निम्त्याउने गर्दछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दहीःतामाको भाँडोमा दहि पनि राख्नु हुँदैन । दहीमा हुने तत्व तामाको भाँडोमा हुने तत्वसंग मिलि रियाक्ट गर्ने भएकाले यसले समेत फुड पोइजनको खतरा बढाउने गर्दछ ।

अमिलो फलःतामाको भाँडामा अमिलो स्वाद भएका फल राख्नु हुदैँन । यसले फुड पोइजन गराउन सक्छ । साथै तामाको भाँडोमा राखेको फल खाँदा बान्ता हुने, रिंगटा लाग्ने समस्या हुन्छ ।

दुधःतामाको भाँडोमा दुध पनि राख्नु हुदैँन । तामाको भाँडामा राखिएको दुध खाएमा स्वास्थ्यमा नकारात्मक असर हुनसक्छ । (Gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.