Tuesday, January 19, 2021

हजारौं वर्षअघि कलियुगबारे भनिएको थियो यस्तो ,अहिले भइरहेको छ सत्य (श्लोकसहित)

- Advertisement -

भागवत पुराणमा अनेक स्थानमा कलियुग को लक्षण बारे वर्णन गरिएको पाउन सकिन्छ । हजारौं वर्ष अघि लेखिएको श्रीमद्भागवत महापुराणमा गरिएको वर्णन अहिलेको युगमा मिलिरहेको छ ।कलियुगमा कसरी मनुष्य उद्दार होला ? श्रीमद्भागवत महापुराण द्वादश स्कन्ध अध्याय २ श्रीशुकदेवजीले विस्तार सँग कलियुग का लक्षणबारे परीक्षितलाई बताएका छन् । उनले कलियुग को लक्षण यस प्रकार बताएका छन् –

कलियुग मा धर्म, सत्य, पवित्रता को अवस्था.श्रीशुक उवाच.ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया।.कालेन बलिना राजन्नङ्क्ष्यत्यायुर्बलं स्मृतिः।।१।।वित्तमेव कलौ नककणां जन्माचारगुणोदयः।धर्मन्यायव्यवस्थायां कारणं बलमेव हि।।२।।– भागवत पुराण १२.२.१(२.भावार्थः – श्रीशुकदेव जी भन्छन्( परीक्षित ! समय निकै बलबान छ । जब जब घोर कलियुग आउँछ, त्यो(त्यो उत्तरोत्तर धर्म, सत्य, पवित्रता, क्षमा, दया, आयु, बल र स्मरण शक्ति को लोप हुँदै जान्छ । कलियुग मा जोसँग धन हुनेछ, उसैलाई मानिसले कुलीन, सदाचारी र सद्गुणी मान्नेछन् । जसको हातमा शक्ति हुनेछ त्यही धर्म र न्याय को व्यवस्था आफ्नो अनुकूल बनाउन सक्नेछ ।

कलियुगमा विवाह(सम्बन्ध.दाम्पत्येऽभिरुचिर्हेतुर्मायैव व्यावहारिके।स्त्रीत्वे पुंस्त्वे च हि रतिर्विप्रत्वे सूत्रमेव हि।।३।।– भागवत पुराण १२.२.३.भावार्थः – विवाह(सम्बन्धका लागि कुल(शील(योग्यता आदिको वेवास्ता हुनेछ । युवक(युवती को पारस्परिक रुचिबाट नै सम्बन्ध बन्नेछ । व्यवहार को निपुणता वास्तविकता र ईमानदारीता मा हुने छैन । जसले जति छल(कपट गर्न सक्छ उ त्यति नै व्यवहारकुशल मानिनेछ । स्त्री र पुरुष को श्रेष्ठता को आधार उनीहरुको शील(संयम नभएर केवल रतिकौशल(यौन कौशल) हुनेछ । ब्राह्मण को पहिचान उसको गुण(स्वभावबाट होइन यज्ञोपवीत (जनै) बाट हुनेछ ।

कलियुगमा ब्रम्हचारी, संन्यासी आदि आश्रमिको पहिचना तथा घूस खोरीको अवस्थाबारे.लि ङ्गं एवाश्रमख्यातावन्योन्यापत्तिकारणम्।अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः।।४।।– भागवत पुराण १२.२.४.भावार्थः – वस्त्र, दण्ड(कमण्डलु आदि बाट मात्र ब्रह्मचारी, संन्यासी आदि आश्रमिहरुको पहिचान हुनेछ र एक(अर्काको चिह्न स्वीकार गर्नु नै एकबाट अर्को आश्रममा प्रवेशको स्वरूप हुनेछ । जो घूस दिन र धन खर्च गर्न असमर्थ हुनेछ उसले अदालतमा ठीक(ठीक न्याय पाउने छैन । जो बोलचालमा जित चलाख हुनेछ उसलाई त्यति नै ठूलो पण्डित अर्थात विद्वान मानिनेछ ।

कलियुगमा अशिष्टता, पाखण्ड, फेशन र विवाहबारे.अनाढ्यतैवासाधुत्वे साधुत्वे दम्भ एव तु।स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम्।।५।।– भागवत पुराण १२.२.५.भावार्थः – अशिष्टताको दोषी हुने एक मात्र पहिचान गरीबी हुनेछ । जसले जतिधेरै दम्भ(पाखण्ड गर्न सक्नेछ, उसलाई त्यतिनै धेरै ठूलो साधु सम्झिइने छ । विवाहका लागि एक(अर्काको स्वीकृति मात्र पर्याप्त हुनेछ, शास्त्रीय विधि(विधान, संस्कार आदिको वेवास्ता हुनेछ । कपाल मिलाउनु र कपडा उतार्नुलााई नै स्नान मानिनेछ ।

कलियुगमा मानिस र तीर्थको अवस्था.दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम्।उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि।।६।।– भागवत पुराण १२.२.६.भावार्थः – मानिसले टाढाको तलाउनलाई तीर्थ मान्नेछन् र नजिकको तीर्थ तलाउ, गाई, माता(पिता आदि को उपेक्षा गर्नेछन् । टाउकोमा लामोलामो कपाल राख्नुनै शारीरिक सौन्दर्य को चिह्न बुझिनेछ । जीवनको सबैभन्दा ठूलो पुरुषार्थ हुनेछ– आफ्नु पेट पाल्नु । जसले जति चेपारो लगाएर कुरा गर्छन् उनीहरुलाई त्यति नै सत्य मानिनेछ ।

कलियुगमा योग्यता चतुर्यता, राजा(प्रजा को अवस्था र खान–पान.दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम्।एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले।।७।।ब्रह्मविट्क्षत्रशूद्राणां यो बली भविता नृपः।प्रजा हि लुब्धै राजन्यैः निर्घृणैः दस्युधर्मभिः।।८।।आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम्।शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः।।९।।– भागवत पुराण १२.२.७(९भावार्थः – योग्यता चतुरताको सबैभन्दा ठूलो लक्षण यो हुनेछ कि मानिस आफ्ना कुटुम्ब को पालन गरुन् । धर्मको सेवन यशका लागि हुनेछ । यस प्रकार जब सारा पृथ्वी माथि दुष्टको बोलवाला हुनेछ । तब राजा हुने कुनै नियम हुने छैन । ब्राह्मण, क्षत्रि, वैश्य अथवा शूद्रमा जो बलियो हुनेछ त्यो राजा बन्नेछ । त्यस समयको नीच राजा अत्यन्त निर्दय एवं क्रूर हुनेछ । लोभी त यति धेरै हुनेछन् कि उसमा र लुटेरामा कुनै फरक हुनेछैन । उसले प्रजा को सम्पत्ती एवं पत्नी समेत खोस्न पछि पर्दैन । राजसँग डराएर प्रजा वा जनता पहाड र जंगलमा भाग जानेछन् । त्यस समय प्रजा विभिन्न शाग, कन्द(मूल, मासु, मधु, फल(फूल आदी खाएर पेट पाल्नेछन् ।

कलियुगमा मौसम, रोग र जीवनको अवस्था.अनावृष्ट्या विनङ्क्ष्यन्ति दुर्भिक्षकरपीडिताः।शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः।।१०।।क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया।त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्।।११।।– भागवत पुराण १२.२.१०(११.भावार्थः – कहिले वर्षा न हुने (सूखा हुने हुन्छ । कहिले निकै जाडो हुनेछ त कहिले आँधी चल्नेछ । यी उत्पातसँग तथा आपसको संघर्षबाट प्रजा अत्यन्त पीडित हुनेछन् । मानिहरु भोक प्यास र अरु विभिन्न चिन्ताका कारण दुखि हुनेछन् । रोगबाट मानिसहरुले छुटकारा पाउने छैनन् ।कलियुगमा मानिसको आयु घट्छ । मनुष्यको औषत आयु केवल बीस या तीस वर्ष हुनेछ ।

कलियुगमा मनुष्यको शरीर, वर्ण र आश्रम तथा धर्मको अवस्था.क्षीयमाणेषु देहेषु देहिनां कलिदोषतः।वर्णाश्रमवतां धर्मे नष्टे वेदपथे नृणाम्।।१२।।पाषण्डप्रचुरे धर्मे दस्युप्रायेषु राजसु।चौर्यानृतवृथाहिंसा नानावृत्तिषु वै नृषु।।१३।।शूद्रप्रायेषु वर्णेषु च्छागप्रायासु धेनुषु।गृहप्रायेष्वाश्रमेषु यौनप्रायेषु बन्धुषु।।१४।।– भागवत पुराण १२.२.१२(१४.भावार्थः – परीक्षित ! कलिकाको दोषबाट प्राणिको शरीर साना साना, क्षीण र रोगग्रस्त हुन थाल्नेछन्। वर्ण र आश्रमको धर्म बताउने वाला वेद(आर्ग नष्ट प्राय हुनेछ । धर्ममा पाखण्डी पन मुख्य हुनेछ । राजा महाराज डाकू(लुटेरा समान हुनेछन् । मनुष्य चोरी, झूठ तथा निरपराध हिंसा आदि विभिन्न प्रकारका कुकर्मोंबाट जीविका चलाउन थाल्छन् ।

चार वर्णका मानिस शूद्र समान हुनेछन् । गाई बाख्रा जस्ता साना साना र कम दुध दिन थाल्नेछन् । वानप्रस्थी र संन्यासी आदि विरक्त आश्रम वालाहरु पनि घर(गृहस्थी जुटाएर गृहस्थीमा लाग्नेछन् र व्यापार व्यवसाय गर्नेछन् । जो सँग विवाहित सम्बन्ध हुनेछ उनीहरुलाई नै आफ्नो सम्बन्धी मानिनेछ।कलियुगमा उत्पादन, ऋतु, जनसंख्या र मनुष्यको स्वभाव.अणुप्रायास्वोषधीषु शमीप्रायेषु स्थास्नुषु.विद्युत्प्रायेषु मेघेषु शून्यप्रायेषु सद्मसु।।१५।।इत्थं कलौ गतप्राये जनेतु खरधर्मिणि।– भागवत पुराण १२.२.१५(१६

भावार्थः – धान, जौ, गहूँ आदि अन्नको बोटो सानो वा होचो होचो हुन थाल्नेछ । रुख अधिकांश शमी समान होचा र काँडा युक्त वृक्ष हुनेछन् । बादलमा बिजुली बहुत चमकिनेछ । तर वर्षा कम हुनेछ ।गृहस्थका घरमा अतिथि(सत्कार या वेदध्वनिबाट रहित हुने कारण अथवा जनसंख्या घट्ने कारण सुनसान हुनेछ । परीक्षित ! धेरै के भन्नु कलियुगको अन्त्य हुने समय मनुष्यको स्वभाव गधाको जस्तै हुनेछ । मानिसहरु गृहस्थको बोजले थिचिनेछन् ।ध्यान दिनुहोस्, श्रीशुकदेवजीले कलियुग का सम्बन्ध जे भनेका थिए त्यो वेद विज्ञान हो । जब श्रीशुकदेवजी ने पहिलो पटक कलियुगका बारेमा भने तब उनले धर्म को पतन हुने कुरा बताए । त्यसपछि उनले क्रमश धर्म पतन हुनाले के हुने छ त्यसलाई बताएका छन् ।

– जब धर्म को पतन हुनेछ तब मानिसको पतन हुनेछ । मानिसका कारण राजा(प्रजा को अवस्था र खान(पान पनी सही हुनेछैन । यी सबै कारणले मौसम, रोगों र जीवनमाथि सारै नराम्रो प्रभाव पर्छ । जसका कारण मानिसको शरीर खाद्यान्न, ऋतु, जनसंख्याको अवस्था पनि कमजोर र खराव हुनेछ । त्यसैले अहिले कलियुगमा जे भइरहेको छ यो सबै धर्मको पतनका कारण भइरहेको छ । यसकारण श्रीशुकदेवजीले सबैभन्दा पहिला कलियुगमा धर्मको को पालन र पतनका बारेमा बताएका छन् र जति धर्मको पतन हुन्छ त्यतिनै शुकदेवजीले कलियुगका बारेमा भनेका यी सबै कुरा पूरा हुँदै जानेछ ।

शुकदेव महाभारत कालका मुनि थिए । उनी वेदव्यासका पुत्र थिए । शुकदेव बाल्यकालदेखि नै ज्ञान प्राप्तिका लागि वनमा गएका थिए । यिनले नै राजा परीक्षितलाई इन्होने ही श्रीमद्भागवत पुराण सुनाएका थिए ।परीक्षित अर्जुनका नाति तथा अभिमन्यु र उत्तराका छोरा हुन् । उनी जन्मने बित्तिकै जीवन मरणको परीक्षा दिएकाले व्यास ऋषिद्वारा उनको नाम परिक्षित रह्यो । पाण्डव उत्तराखण्ड जानुअघि युधिष्ठिरका उत्तराधिकारीका रूपमा हस्तिनापुरको राजगद्दीमा बस्ने यिनै हुन् । सात दिनमा मर्नु पर्ने ऋषि(श्रापका कारण तक्षक नाम गरेको सर्पले डसेर यिनको मृत्यु भएको थियो । त्यही सात दिनको अवधिमा शुकदेवबाट यिनले श्रीमद्भागवत पुराण सुनेका थिए । भनिन्छ यिनकै राज्यकालदेखि कलियुग प्रारम्भ भएको हो ।(gnewsnepal.com बाट साभार)

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने...

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र )...

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

सिस्नु के हो ? यस विषयमा सवैलाई थाहा भए पनि फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै...

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो...

सुदुर पशिम खाबर माघ ५ सोमबार  काठमाडौँ । सपनाको आ–आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना देख्छन्। हिन्दु...

साढे सातको दशा कटाउन के गर्ने ?

सातामा बल्ल त बिदा भयो भन्दै अलिबेर सुत्ने बानी छ भने हटाउनुहोस् किनकी कहिले ढिला कहिले चाँडो उठ्ने बानी स्वास्थ्यको लागि राम्रो होईन ।...

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले...

चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ । भरतपुरको वाइपास सडक विस्तारको...

ज्योतिषी शास्त्र अनुसार थाहा पाउनुहोस्, कुन बार जन्मने मानिसको स्वभाव कस्तो...

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल,...

झगडा हुँदा कसैलाई पनि नभन्नुहोस् यी ४ कुरा, नत्र लिनसक्छ उग्र...

क’पल्स बीच झगडा हुनु आम कुरा हो तर कहिलेकाहीँ सानो कुरा नै ठुलो बन्छ। कहिलेकाहीँ त कुरा यति धेरै बिग्रिन्छ कि स’म्बन्ध नै टुट्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया