सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सपनीमा मृत्यु भइसकेका मानिस देखे के हुन्छ ?

जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् ।

सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ ।

यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ ।

World Link Ads
Mahakali Polytechnic

यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनीहरूको अनुहार तेजिलो देखिन्छ ।मृत परिचितले सपना देख्ने मान्छेलाई आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिन्छन् । तिमी पनि खुशी भएर बस भनी उनीहरू बताउँछन् ।

Dirghayu Ads

सपनामा आउने मृत प्रियजनले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान गराउँछन् । जीवनका महत्वपूर्ण फैसलामा उनीहरू निर्देशन दिन पनि आउँछन् ।सपनामा आउनेले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । इशारा र हाउभाउबाट आफ्नो कुरा बताउँछन् । इशारालाई बुझ्न सपना देख्नेलाई गाह्रो हुँदैन ।

यस्तो सपना देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्छ । दुःखबाट मुक्ति पाउन मद्दत गर्छ यस्तो सपनाले । जीवनमै परिवर्तन आउन सक्छ यस्तो सपना देखेपछि ।

Sana Kishan

भौतिक शरीर छोडेर जाने हाम्रा प्रियजन हाम्रो सपनामा झुल्किने भनी अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ । उनीहरू हाम्रो हितका लागि देखापर्छन् । हामीले त उनीहरूको इशारा बुझे पुग्छ ।

यो पनि पढ्नुहोस् ःपूजा सकेपछि अनिवार्य पढ्नुहोस् शिव मन्त्र, मिल्नेछ यस्तो पुण्य फल !!!!ःभगवान् शिवको एक मन्त्र हामीमध्ये धेरैले सुनेका छौं । कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्,सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।यसको अर्थ लाग्छ ः कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयालुताका अवतार, संसारको सार र सर्पलाई माला बनाउने प्रभु शिव माता पार्वतीका साथ सदैव मेरो हृदयमा निवास गर्नुहोस् र मलाई आशीर्वाद दिनुहोस् ।

यस मन्त्रको महिमा अद्भुत छ । कुनै पनि मन्त्रको जप देवताविशेषलाई प्रसन्न गराउनका लागि हुन्छ । शिवको यस मन्त्रको जप पनि यही प्रयोजनका लागि गरिन्छ । जहाँ भएपनि भगवानको यो मन्त्र जप्दा मनमा शीतलता उत्पन्न हुन्छ ।

हुन त महादेव भोलानाथलाई प्रसन्न गराउन ठूलाठूला कर्मकाण्ड गरिरहनुपर्दैन । एक लोटा शीतल जल, बेलपत्र र मन्त्रजापबाट नै शिवजी प्रसन्न भइहाल्नु हुन्छ ।यो श्लोक पहिलोचोटि भगवान् विष्णुले शिवपार्वतीको विवाहमा उच्चारण गर्नुभएको थियो ।

यसमा भगवान् शिवको महान् दिव्य स्वरूपको चर्चा गरिएको छ । यसलाई जपेपछि पूजा सफल हुन्छ र भक्तले मनोवाञ्छित फल पाउँछ ।शिवको स्तुति गर्दा मन शान्तभावमा हुनुपर्छ । भगवान् कुनै पनि आडम्बर रुचाउनुहुन्न । शान्तभावले जुन समयमा पनि भोलेनाथको स्मरण गर्न सकिन्छ । सरल भगवान् शिवलाई देवता र असुर दुवैले उत्तिकै श्रद्धाका साथ पूजा गर्छन् । (gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.