सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

व्यवसायिक खेती तर्फ जोडिदैँ भीमदत्तका विपन्न वर्ग !

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
December 28, 2020
Reading Time: 1min read
0
व्यवसायिक खेती तर्फ जोडिदैँ भीमदत्तका विपन्न वर्ग !

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ बनगाँउकी ४२ वर्षीय पार्वती थापाले व्यवसायिक रुपमा तरकारी खेति सुरु गरेकि छिन् । यस अघि घरायसि उपभोगका लागि तरकारी फलाउदैँ आएकी पार्वती नगरपालिका र दातृ निकायबाट प्राविधिक सहयोग पाएपछि व्यवसायिक खेतीमा जोडिकी हुन् ।

RELATED POSTS

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

डिजेल र पेट्रोलको भाउ बढ्यो !

भीमदत्त नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा निड्स नेपालले कोभिड–प्रतिकार्य तथा सामाजिक आर्थिक पुनरलाभ परियोजना अन्र्तगत कार्यक्रम सञ्चालन भएपछि लक्षीत वर्गका स्थानीय व्यवसायिक रुपमा तरकारी खेतिमा जोएिका हुन् । ‘यस अघि घरायसि उपभोगका लागि मात्रै करेसाबारी बनाएकी ।’ एकल महिला समेत रहेकी थापाले भनिन् ‘अहिले निड्स नेपाल र नगरपालिकाबाट विउसहित प्रविधिक सहयोग पाएपछि व्यवसायिक रुपमा तरकारी खेति सुरु गरेकी छु ।’

नगरपालिकाले एकल महिला, दलित, जनजाती लगायत विदेशबाट फर्केका कोरोना प्रभावित युवा लक्षीत उक्त परियोजना सञ्चालन गरेको हो । त्रिपुरा एकल महिला समुहकी अध्यक्ष समेत रहेकी थापाको समुहका चार जना व्यवसायिक तरकारी खेतीमा जोडिएको छन् ।

त्यस्तै सोही समुहकी सदस्य भगरथी कलौनीले पनि व्यवसायिक रुपमा तरकारी खेतीमा जोडिएकी छन् । निड्सबाट पुर्ण रुपमा प्राविधिक सहयोग पाएपछि तरकारी खेतीमा जोडिएको उनको भनाई छ । ‘दातृ सस्थाबाट सबै किसिमको सहयोग पाएका पछि तरकारी खेतीमा सुरु गरेकी छु ।’ उनले भनिन् ‘घरमा कमाउने मान्छे कोही छैन, तरकारी खेतीपछि आय आर्जन हुने आशा छ ।’

त्यस्तै भीनपा ५ का लाल पहरीले पनि व्यवसायिक रुपमा नर्सरी सुरु गरेका छन् । दातृ निकायबाट सहयोग पाएपछि व्यवसायिक रुपमा नर्सरी खेतीमा लागेको उनको भनाई छ । भीनपा १० हिरा तरप्दार व्यवसायिक आलु खेतीमा लागेका छन् । उनले निड्स नेपालबाट बिउसहित पाविधिक सहयोग पाएपछि स्थानीय ५ जनाँसँग मिलेर करिब दुई विघा बढी जमिनमा आलु खेती सु्रु गरेका हुन् ।

 

परियोजना संयोजक नविन भट्टका अनुसार निड्स नेपालले तरकारी खेतिका लागि उनिहरुलाई पोलि हाउस, सिँचाईका लागि मोटर, पाईप, बिउ र किट नासक विषाधीसँगै कृषी प्राविधिक समेत उपलब्ध गराएको छ । उनका अनुसार भीमदत्त नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा नगरकाका ९, १० र १८ वडा बाहेक १६ वडामा परियोजना सञ्चालन गरिएको छ ।

ADVERTISEMENT

परियोजना अन्र्तगत नर्सरी हाउस २० जना, आलु तथा प्याज ७०, पोलि हाउस २० जना, च्याउ खेती ५८ जना, लोकल कुखुरा पालनका लागि पोल्टी फर्म ७० जनालाई सहयोग गरिएको छ । निड्सले भीमदत्त नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिएको बताउँदै संयोजक भट्टले भने ‘लक्षीत वर्गबाट छनौट गरिएको परिवारलाई आर्थिक पार्जनसँग जोड्नका लागि कार्यक्रम सहयोगी बनेको छ, विपन्न वर्ग व्यवसायिक रुपमा व्यवसायमा लागेका छन् ।’

 

त्यस्तै निड्सका कृषी अधिकृत रमेश भट्टले लक्षीत वर्गका लागि प्राविधिक खटाएर तालिक र आवश्यक सहयोग गरिएको बताए । परियोजनाबाट कृषी प्राविधिकलाई खटाएर आवश्यक सहयोग गरिदैँ आएको छ उनले भने ‘ यसले किसानलाई व्यवसायिक रुपमा अर्थोपार्जनमा जोडिन र उत्पादनमा वृद्धी गर्न सहज हुन्छ ।’ परियोजना सञ्चालन भएपछि विपन्न वर्गका स्थानीय आय आर्जनमा जोडिएका छन् ।
त्यस्तै निड्स नेपाली अध्यक्ष अन्जु जोशी भट्टले विपन्न वर्गलाई आर्थिक उत्पादनसँग जोड्नका लागि परियोजना सञ्चालन गरिएको बताए । कोरोना संक्रमणपछि अधिकांशको आर्थिक अवस्था नाजुक बनेको छ अध्यक्ष भट्टले भनिन् परियोजना सञ्चालन भएपछि लक्षीत वर्गले आर्थिक लाभ पाउने र सामाजिक विकास तथा आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

 

त्यस्तै निड्स नेपालका कोषाध्यक्ष रविन्द्र देवकोटाले परियोजनाले विपन्न वर्गको आर्थिक उत्थानका लागि महत्वपुर्ण रहेको बताए । उनका अनुसार लगानी गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारले प्राविधिक सहयोग पाएमा अर्थोपार्जनमा जोडिन सहयोग पुग्छ ।

विपन्न र अति विपन्न परिवारको आर्थिक सामाजिक उत्थानका लागि परियोजना सञ्चालन गरिको उनको भनाई छ । साथै परियोजना अन्र्तगत सोमबार पाँच जना स्थानीयलाई पोली हाउसका लागि आवश्यक सामाग्री समेत वितरण गरिएको गरिएको छ ।

साथै परियोजनाको प्रगतिबारे निड्सले स्थलगत अनुगमन समते गरेको छ । सोमबार निड्स नेपालका अध्यक्ष अन्जु जोशी भट्ट, परियोजना संयोजक नविन भट्ट, कृषी अधिकृत रमेश प्रशाद भट्ट लगायत पत्रकारको टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा कृषकलाई आवश्यक सुझाव सल्लाह दिईएको छ । (मदनराज गिरीले देशपाटीमा लेखेका छन ।)

 

ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !
अर्थ/ब्यापार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

January 18, 2021
२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !
अर्थ/ब्यापार

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

January 18, 2021
डिजेल र पेट्रोलको भाउ बढ्यो !
अर्थ/ब्यापार

डिजेल र पेट्रोलको भाउ बढ्यो !

January 18, 2021
जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!
अर्थ/ब्यापार

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

January 18, 2021
आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको विनिमयदर !!
अर्थ/ब्यापार

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको विनिमयदर !!

January 18, 2021
आज  सोमबार येस्तो छ  सुनकाे भाउ
अर्थ/ब्यापार

सोमबार सुनको मुल्यमा गिरावट आएको छ प्रतितोला कति ?

January 18, 2021
Next Post
सपनीमा मृत्यु भइसकेका मानिस देखे के हुन्छ ?

सपनीमा मृत्यु भइसकेका मानिस देखे के हुन्छ ?

हजारौं वर्षअघि कलियुगबारे भनिएको थियो यस्तो ,अहिले भइरहेको छ सत्य (श्लोकसहित)

हजारौं वर्षअघि कलियुगबारे भनिएको थियो यस्तो ,अहिले भइरहेको छ सत्य (श्लोकसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In