Tuesday, January 19, 2021

सर्वोच्चले जे फैसला दिन्छ, त्यही मान्छौँ: काँग्रेस नेता एनपी साउँद

- Advertisement -

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गरेको बताएका छन् ।

काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ को झलारीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता साउँदले प्रधानमन्त्री ओली, पुष्पकमल दाहल प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरुलाई देखाएर ससद विघटन गरेको दोष देखाउन खोजिएको बताउदै घोषणा गरेको निर्वाचनको मिति जनतालाई ढाँटनका लागि भएको टिप्पणी गरे ।

एनपी साउँद

‘काँग्रेसले संविधान र सर्वोच्चको विश्वास गर्ने छ, ‘उनले भने, ‘सर्वोच्चले जे फैसला दिन्छ, त्यही मान्छौँ ।’ २ तिहाईको कम्यूनिष्ट नेतृत्वको सरकारले गरेको कर्म अक्षम्य भएको बताउदै केन्द्रीय सदस्य साउदले बताए । काँग्रेसले पद प्रतिष्ठानका लागि राजनीतिक नगरेको बताउदै उनले समाज परिर्वतनका लागि लागि परेको बताएका छन ।

‘गरिब, आरक्षपीडितको उन्मुक्तिका लागि हामी लागेका छौँ, ‘उनले भने, ‘हामी भोटका लागि होईनौँ ।’ कम्यूनिष्ट सरकारले ३ बर्षसम्ममा आरक्षपीडितका लागि कुनै काम नगरेको बताए । काँग्रेसले संसद विघटन बिरुद्धमा निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । (देशपाटी न्युज बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको सिगासमा ओली समूहको अगुवा कार्यकर्ता भेला !

बैतडी - नेकपाको ओली समूहले बैतडीको सिगास गाउँपालिकामा आज अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । यही माघ १० गते जिल्ला भेलाको तयारीमा रहेको...

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

माधव नेपालले भने: अरिंगाल र झुसिल्किराले केही गर्न सक्दैनन् !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले अरिंगाल र झुसिल्किराले केही गर्न नसक्ने बताएका छन् । सत्य र न्यायको पक्षमा आफूहरु रहेको भन्दै नेता...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई प्रधानमन्त्री र उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त गर्न चेतनशील नागरिक संघर्षमा...

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा...

काठमाडौँ : विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी...

देउवा र पौडेल बिच भेटघाट : के भयो कुराकानी ?

काठमाडौं : पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एक्लाएक्लै छलफल भएको छ। वरिष्ठ नेता पौडेलसहितका २७ केन्द्रीय...

प्रचण्ड-माधवले गरे अपील : संविधान लाई जोगाउन सडकमा जाऔं !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव(प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया