सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काँग्रेस कार्यकर्तालाई चुनावी तयारीमा लाग्न पूर्व सिंचाइ मन्त्री एन पी साउँदले दियो निर्देशन !

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाइ मन्त्री एन पी साउँदले ’प्रचण्ड नेपाल’ पक्ष पनि चुनावमा होमिन खोजेको बताएका छन् । कञ्चनपुरको संघीय निर्वाचन क्षेत्र नं.२ झलारीको क्षेत्रीय भेलालाई सोमबार सम्बोधन गर्दै नेता साउँदले उक्त समूहले देशैभरका आफू निकट कार्यकर्ताहरूको भेला गरेर विरोध प्रदर्शन नभई चुनावी तयारी गर्न लागेको बताएका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै नेता साउँदले काँग्रेस कार्यकर्तालाई पनि चुनावको तयारीमा लाग्न निर्देशन गरेका छन् । ‘नेकपाको दुइटै समूह पनि लागिसकेको छ । तयारीका लागि ओली समूहले यही जिल्लामा १५ जनालाई केन्द्रीय सदस्य बनाएको छ । ओली पनि तयारीमा छन्,’ उनले भने, ‘प्रचण्ड र माधवको तयारी पनि छ ।

७७ वटै जिल्ला र १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यक्रम गर्छौं भनेका छन् । निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नु भनेको निर्वाचनको तयारी नभएर के हो ? उनीहरु पनि त्यो बाटोमा तयारी गर्दैछन् । त्यसकारण नेपाली कांग्रेसका नेता कार्यकर्ता अल्मिलिने, बरालिने होइन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जनताको बीचमा जानुपर्ने बेला आएको छ।’ नयाँ चुनावको स्वागत गरेका नेकपाका प्रतिनिधिहरूलाई उनले प्रश्न गर्दै भने( ’समृद्ध नेपाली सुखी नेपालीको’ नारा लिएर पाँच वर्षका लागि चुनिएको सरकारका प्रतिनिधिहरू तीन वर्षमैँ पुनः के एजेण्डा लिएर भोग्ने हो ? क्षेत्रीय सभापति दल बहादुर बोहराको सभापतित्वमा सम्पन्न विरोध सभालाई पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह, संविधान सभा सदस्य बहादुर थापा, संविधान सभा सदस्य बल्देव बोहरा, जिल्ला सभापति हरि बोहरा, भोजराज बोहरा लगायतले सम्बोधन गरेका थिए ।

(setikalinews.com बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.