काठमाण्डौ । गरे के हुँदैन र ? भन्ने उखानलाई मेरी बास्सैका बान्द्रेले साबित गरिदिएका छन् । बान्द्रेलाई नचिन्ने सायदै होलान् । उनै हास्य कलाकार बान्द्रे यतिबेला बट्टै तथा टर्कीको व्यावसाय गरिरहेका छन् । उनले यो व्यावसायमा करोडौंको लगानी लगाएका छन् । उनको फर्ममा १० हजार बट्टै रहेका छन् ।
सुरजको भनाई अनुसार एउटा बट्टै २ सयदेखि ३ सयसम्मको हुन्छ भने उक्त बट्टैलाई १ सय ३० रुपैयामा बिक्रि हुने गर्दछ । यो हिसाब अनुसार सुरजको फर्ममा १३ लाख बराबरको बट्टै मात्रै रहेको छ ।
यति मात्रै नभई सुरजको फर्ममा बट्टैको अण्डा पनि बिक्रि हुने गर्छ । उनको फर्ममा बट्टैले दैनिक ८ हजार सम्मको अण्डा पार्ने गरेको उनी बताउँछन् । सुरजले बट्टैको एउटा अण्डालाई १० रुपैयामा बिक्रि गर्ने गरेका छन् । यस हिसाबमा सुरजले बट्टैको अण्डाबाट दैनिक ८० हजार कमाउने गरेका छन् ।
यसरी अण्डाको मात्रै हिसाब गर्दा सुरजले महिनामा झण्डौ २४ लाख कमाउने रहेछन् । जति लगानी त्योभन्दा दोब्बर आम्दानी गर्ने सुरज आफ्नै व्यावसायमा व्यस्त मस्त छन् ।
त्यसैगरी उनको फर्ममा ५ सय भन्दा बढी टर्की रहेको छ । एउट टर्की १० देखि १२ किलोभन्दा बढीको हुँदो रहेछ । एउटा टर्की बेच्दा १२ देखि १४ हजारसम्म पर्ने रहेछ । सुरजको भनाई अनुसार उनको फर्ममा ६५ देखि ७० लाख बराबरको टर्की मात्रै रहेछ । यसका साथै सुरज अर्थात बान्द्रेले केही कुखुरा पनि पालेका छन् ।
पुर्ण रुपमा बट्टै तथा टर्की व्यावसायी बनेका सुरजले ती प्रजातिकालागी व्यवस्थित खोरको व्यवस्था गरेर यतिबेला आफ्नै व्यावसायमा ब्यस्त देखिन्छन् । (manakamanadaily.com बाट साभार)