Friday, January 22, 2021

संसद् विघटन विरुद्ध प्रदर्शन !

- Advertisement -

दैलेख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा सोमबार दैलेखमा पनि प्रदर्शन गरेको छ। नेपाली कांग्रेस दैलेखले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरिएको जनाएको छ।

कांग्रेसले दैलेख निर्वाचन क्षेत्र नं. १ को दैलेख सदरमुकाम र निर्वाचन क्षेत्र नं. २ को दुल्लुमा विरोध प्रर्दशन गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गर्ने कार्यक्रम अन्तरगर्त दैलेखमा पनि प्रर्दशन गरिएको कांग्रेस दैलेखले जनाएको छ।

दुई वटै निर्वाचन क्षेत्रमा भएको प्रर्दशन सहितको सभालाई जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा कांग्रेस नेताहरुले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेका छन्।

दैलेख निर्वाचन क्षेत्र नं. १ को दैलेख सदरमुकाममा भएको प्रर्दशन सहितको सभालाई सम्बोधन गर्दै काँग्रेस दैलेखका सभापति कृष्णकुमार बिसीले ओली सरकारको संसद विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको उल्लेख गरे।

क्षेत्रीय सभापति गणेशप्रसाद उपाध्यायले संसद् विघटन, सर्वसत्तावाद र भ्रष्टाचारको विरोध तथा लोकतान्त्रिक संविधान रक्षाको पक्षमा विरोध प्रर्दशन गरेको बताए। सभालाई नेपाली कांग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापा, क्षेत्रीय सदस्य मन्जु पाण्डे, युवा नेता विनोद श्रेष्ठ लगाएतले सम्बोधन गरेका थिए।

यसैबिच नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समुह)ले मंगलबार दैलेखमा विरोध प्रर्दशन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध व्यापक जनसहभागितामा विरोध प्रर्दशन गर्ने प्रचण्ड–नेपाल समुहका एक नेताले जानकारी दिए।

(यो समाचार हिक्मतबहादुर नेपालीले अन्नपुर्ण पोष्टमा लेखेका छन ।)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

माधव-प्रचण्ड–समूहले आज शक्ति प्रदर्शन गर्दै, एक लाख बढी कार्यकर्ता उतार्ने दाबी...

काठमाडौं । संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले...

महेन्द्रनगरमा संसद विघटन बिरुद्ध राष्ट्रिय युवा संघ नेपाल द्वारा प्रदर्शन...

महेन्द्रनगर । संसद विघटन बिरुद्ध महेन्द्रनगरमा राष्ट्रिय युवा संघ नेपाल द्वारा महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । बिहिवार महेन्द्रनगर बजारमा युवाहरुले असंबैधानिक कदम मुर्दावाद,...

प्रधानमन्त्री ओलीले आफुलाई “केटो” भन्नु नै समग्र सुदुरपश्चिमलाई हेपेको हो: नेता...

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई अंकित गर्दै “केटो” भन्नु नै समग्र सुदुरपश्चिमलाई हेपेको नेकपाका नेता डा. भीम रावलले बताए । ने क...

कञ्चनपुर: विप्लव समुहका विद्यार्थी नेता चन्द प्रचण्ड नेपाल समुहमा प्रवेस !

कञ्चनपुर -नेकपा विप्लव कञ्चनपुरका विद्यार्थी नेता मनोज चन्द प्रचण्ड नेपाल समुहको नेकपामा प्रवेस गरेका छन । बिहीबार महेन्द्रनगरमा प्रचण्ड नेपाल नेकपा कञ्चनपुरको अगुवा कार्यकर्ता...

माधव र प्रचण्ड काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, प्रधानमन्त्री ओली भन्छन् :...

काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै एक महिना अघिदेखि नै देशव्यापी आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव समूहले भोलि (शुक्रबार) राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । प्रचण्ड–माधव समूहले आन्दोलन चर्काउँदै...

बैतडीमा नेपाली काँग्रेसद्वारा संसद विघटन विरुद्ध जिल्लाका ८४ ओटै वडामा प्रदर्शन...

बैतडी –संसद विघटन विरुद्धमा नेपाली काँग्रेस बैतडीले जिल्लाको ८४ ओटै वडाहरुमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेस बैतडीले केन्द्रले तोकेकै कार्यक्रम अनुसार १० ओटा...

 अर्थमन्त्री पौडेलले भने, संसद पुनस्थापना गरे स्वीकार्न तयार छौं!

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले संसद विघटनका विषयमा सर्वोच्च अदालतले दिने आदेश मान्य हुने बताएका छन्। सरकारी स्वामित्वको कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सवमा अर्थमन्त्री...

पुर्चौडीमा नेकपा केपी वली समूहको अगुवा कार्यकर्ता भेला : सुरक्षा व्यवस्था...

बैतडी: नेकपाको ओली समूहले बैतडीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । पाटन नगरपालिकाबाट शुरु गरेको कार्याकर्ता भेला कार्यक्रम बुधबार पुर्चौडी नगरपालिकामा भइहरेको हो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया