Wednesday, January 20, 2021

छाला चम्काउने यी घरेलु विधि अपनाउनुस् २० मिनेटमै पाउनुहुनेछ परिवर्तन

- Advertisement -

काठमाडौं– हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ। सुन्दर गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ। क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ।

तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ। अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन । यी तरिका अपनाउनुभयो भने तपाइको छाला सुन्दर, मुलायम र चम्किलो बन्नेछ–

यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ।

एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।

टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।

काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।

चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।
एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।

दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन

छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ। चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ। (manakamanadaily.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दैनिक बिहान बिरे नुन मिसाएर पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता...

यदी तपाई स्वस्थ्य जीवन जिउन चाहानुहुन्छ भने हरेक दिन बिहान बिरे नुन मिसाएको पानी पिउन सुरु गर्नुहोस्।यसले तपाईको ब्लड सुगर, ब्लड प्रेसर, उर्जामा सुधार,...

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

आमा बन्नु हरेक महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । गर्भावस्थामा महिलाले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ । महिलाको मात्र लागि नभई पेटमा भएको...

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

बैतडी– बैतडीका ८ ओटा स्थानिय तहहरु कोरोनाका शुन्य संक्रिय संक्रमीत पालीका भएका छन । संक्रमण पुष्टि भएका सबै जना निको भएर डिस्चार्ज भए पछि...

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार...

  प्रश्न ः म २६ वर्षको छु। मेरो अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दाना आएको छ। यस्तो किन आउँछ? उपचार...

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

काठमाडौं – बेसाार स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो तरकालीमा हाल्दा तरकालीको स्वाद र रङमा मिठो पना...

कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका

सुदुर पशिम खबर माघ ५ काठमाडौँ । कालो र मुलायम कपाल सुन्दरताको प्रतिक हो । मानिसको शरिरलाई जस्तै कपाललाई पनि पोषण तत्वको आवश्यकता पर्ने हुनाले...

मुटुलाई स्वस्थ राख्न खानुहोस् यी खानेकुरा !!

हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ...

८ घण्टाभन्दा कम सुत्नुहुन्छ रु हुनसक्छ यस्तो खतरा

एजेन्सी( दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा ९डिप्रेसन०को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया