Tuesday, January 19, 2021

बिवाह गरेको ३ दिनमै सकुन्तलाको गयो ज्यान !

- Advertisement -

खोटाङ। खोटांगको दिक्तेलरुपाकोट मजुवागढी नगरपालीकाको वडा नं. ९ को निर्मलीडाडाँमा एउटा डरलाग्दो र कल्पनासम्म गर्न नसकिने घटना घटेको थियो । त्यो घटना थियो आफ्नै दाईले आफ्नी बहीनीको ज्यान लिएको भन्ने । दाईले आफ्नै बहीनीको ज्यान किन लिए त भन्ने विषय बुझ्दै जाँदा मृतक बहीनीले दाईले रोजेको केटासंग बिहे नगरीकन आफ्नो राजाईको केटासंग बिहे गरिन् त्यो पनि अन्तरजातिय बिहे गरेको भन्ने कारण बाहिरिएको थियो ।

उक्त समाचार सार्वजनिक हुँदा करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर ज्यान लिएको खुल्न आएको हो ।

ज्यान लिनुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर ज्यान लिएको उनका श्रीमान् दिनेशले बताए । “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर गए”, उनले भने, “घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा ज्यान गएको अवस्थामा फेला पर्यो ।”

तर अहिले आएर घटनाको वास्तविकताले अर्कै रुप लिएको छ । यो कुरा सुन्दा सबै आश्चर्य पर्ने छन् । यो घटनाको वास्तविकतालाई मृतक सकुन्तला राईकै आफ्नै दाई र भाईले उजागर गरेका छन् । जुन कुरा सुनाउँदा पनि सुन्दा पनि अपत्यारीलो लाग्न सक्छ । तर वास्तविकता भने त्यही नै रहेछ । अन्तरजातीय बिहे गरेको भन्दै मृतक सकुन्तालाको ठूला बुवाको छोरा (दाई) ले आफ्नी अंकलकको छोरी नातामा बहिनी पर्नेलाई माmरेको भन्ने कुरा व्यापक रुपमा सार्वजनिक गरिएको थियो ।

तर वास्तविकता त्यो रहेनछ । वास्तविकता त उनै ठुला बुवाका छोरा भनिनेले आफ्नै अंकलको छोरीलाई जवर्बदजकस्ती अबनैतिक सकम्बन्धमा राखेको कुरा बाहीरिएको छ । यो कुरा मृतक सकुन्तलाकै आफ्नै दाई र भाईले एक अन्तरवार्तामा बताएका छन् । उनीहरुका अनुसार अब आफ्नो सम्बन्ध आफ्नै बहीनी र दिदी माmर्ने दाईसंग सदाकालागी टुतटेको बताएका छन् । उनीहरुले आफ्नो बडा बाउको छोराले आफ्नै चेलीसंग अबनैतिपक सकम्बन्ध नराखी आफुहरुलाई समेत ड’र र त्रासमा राखेको पनि खुलाएका छन् ।

भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको ज्यान लिएको हुनसक्ने सकुुन्तलाका भाइ समीर राईले बताए । “दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कु ु ट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्”, उनले भने, “यस घटनामा संलग्न दाजुु सञ्जीवलाई कडाभन्दा क’डा का’रवाही गरियोस् ।”

विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइ÷कटाइ पेशा गर्दै आएकी थिइन् ।

केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै द’बाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए । सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको घटनामा संलग्नलाई क’डा का’रवाही गर्न माग गरेका छन् ।

घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताईन । “घटनाका बारेमा अनुसन्धान भइरहेको छ”, उनले भनिन्,, “उक्त ब्याक्ति नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ ।”  (manakamanadaily.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका...

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

जुम्ला। देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका...

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक...

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

काठमाडौं। अबदेखि स्थानीय तहमा करारमा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाबाट निर्णय गरेर मात्र नियुक्त गर्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको...

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले...

काठमाडौं । सरकारले पीडित उखु किसानलाई भूक्तानीका लागि दिएको २१ दिनको समय सीमा सोमबार सकिएको छ । गत पुस १३ गते बसेको उद्योग वाणिज्य...

दुई लाख भन्दा बढीले डाउनलोड गरे ‘नागरिक एप’ !

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ...

बैतडीमा कर्मचारीहरुको तलब बृद्धिको माग गर्दै नगर शिक्षा समितिलाई ज्ञापन पत्र...

बैतडी-  नेपाल विद्यालय कर्मचारी परिषद मेलौली नगर ईकाई कमिटिको बैठक सम्पन्न भएको छ । नगर ईकाई कमिटि अध्यक्ष रामचन्द्र ओझाको अध्यक्षतामा बिभिन्न बिषयहरुमा छलफल...

प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि सुनुवाइ हुँदै, होला त अन्तिम फैसला?

  प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमवारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतवार बहस नसकिएपछि सोमवारका लागि पेशी तोकिएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया