Sunday, January 17, 2021

हिमाली भागमा उद्धारका लागि गएको सैनिक हेलिकप्टर दुर्घटना, ४ जनाको निधन !

- Advertisement -

हिमाली भागमा उद्धारका लागि गएको सैनिक हेलिकप्टर दुर्घटना, ४ जनाको निधन

पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ ।

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।

यो पनि पढ्नुहोसः यो कुरा सुरु भएको थियो २०७४ सालको नयाँ वर्षको दिन। बैशाख १ गते निन्द्राबाट ब्युझिए लगतै देब्रे हतको नाडीमा केही असहज महसुस भएको थियो। खस्रो चिज हातमा कोरिएको थियो, हेर्दा ट्याटुजस्तो देखिने छाम्दा भने कुनै कुरा टाँसिए जस्तो। बेलुका सुत्दा सामान्य नै रहको हातमा एकाबिहानै आएको अस्वभाविक परिवर्तनसंगै अनौठो अनुभुति भएपनि म डराएँ। छिटो छिटो खाटबाट उठेर बाथरुम पसेर हातमा साबुन लगाएँ। मज्जाले मिचे,पखाले।

सो ट्याटु जस्तो चिज पखालिएन, बरु त्यसको रंग चेन्ज भयो। कालो गोलो घेरा देखियो। गोलो घेरा भित्र रेखाहरु आफसे आफ कोरिन थाले। हेर्दा हेर्दै गोलो आकारको दाँया बाँया घडीको दम जस्ता दुई आकार देखियो। अब घडी जस्तो आकृति प्रस्ट देखियो। घडीको १२ अंकको ठाउँमा एउटा सानो थोप्लो र ६ अंक रहने ठाउँमा अर्को थोप्लो देखे।

पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक(फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२ अंकतिरको थोप्लो तिर सोझियो। निलो र हरियो रंगको सुई ६ बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो, कसलाई भन्ने मन डरायो।

‘के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। ‘आयुष कता छस्?’ ‘घरमा’ ‘म आउँदै छु है’ ‘ओके’, उसले फोन राख्यो।

हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक।

गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।

ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे। अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन। केही बेर बसेर केही परको बजार तिर लागे।

बजारमा सबै घरहरु उस्तै छन्। चलहपलह उस्तै छ। मोबाइल निकालेर समय हेरे। मोबाइलमा सवा सात बजेको थियो। बिहान कोठाबाट निस्किदा सात बजेको थियो। त्यहाँबाट बानेश्वर पुग्दा सवा सात भएको हुनुपर्छ। बाटोकाट्न केही मिनेट बसे, अनि एकाएका गाउँमा पुगेको प्रस्ट याद छ। बजार आइपुग्नु अघि घर हुनुपर्ने ठाउँमा १० मिनेट त बसेको हुदो हुँ। तर मोबाइलमा सवा सात मात्र किन, रहस्यहरुको चाङ एकपछि अर्को थपिदै गयो। (frommandu.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल-भारत बैठकमा के के छलफल भयो ?

३ माघ २०७७, शनिबार ११:३४ काठमाडौं – नेपाल–भारतबीचको परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सकिएको छ । बैठकमा भाग लिन भारतको राजधानी नयाँ दिल्ली जानुभएका परराष्ट्रमन्त्री प्रदिपकुमार...

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान...

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

On भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !! भारतमा आजदेखि कोरोना भाइरसविरु द्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

एका बिहानै बाग्लुङ्ग कालिका मन्दिरको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस भेटी...

वि.सं.२०७७ साल माघ ०२ गते, शुक्रबार, ईश्वी सन् २०२१ जनवरी १५ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण, शिशिर ऋतु, श्रीशाके १९४२, पौष शुक्लपक्ष,...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु !

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु ! बिहीबार साँझ मेची राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापा बुद्धशान्ति गाउँपालिका–४ स्थित वर्ने चिया...

कुन उमेरका मानिस कति घण्टा सुत्ने ? समय भन्दा बढी सुतेमा...

तपाईंले पढ्नु भएको वा सुन्नु भएको हुनसक्छ कि कि सबैको लागि कम्तिमा ८ घण्टा निदाउनु एकदम महत्त्वपूर्ण छ। तर सत्य यो हो कि सबैको...

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया