सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा बेपत्ता भएका २१ वर्षीय युवक मृत अवस्थामा भेटिए !

कञ्चनपुरमा बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन्।

३ दिनअघि घरबाट बेपत्ता भएका भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पंकजसिंह कार्की मृत फेला परेका हुन।

गत बिहीबार बेपत्ता भएका कार्की आइतबार भीमदत्त नगरपालिकाकै वडा नम्बर ३ स्थित खन्ने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मृतकको गोजीमा सल्फास नामक विष भेटिएको उनले बताए।

Dirghayu Ads

अहिले शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

(देशपाटी न्युज बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.