सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिकामा कोरोनाका कारण एकैदिन १ हजार ४०८ संक्रमितको मृत्यु

काठमाडौँ- अमेरिकामा एकैदिन १ हजार ४०८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Sana Kishan

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३९ हजार ९२१ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ६० हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९४ लाख ३३ हजार ८४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख १० हजार ५०१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७६ लाख ८३ हजार ४२५ जनामध्ये २८ हजार ५७७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले

जनाएको छ ।hamrakhabar बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.