सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोली हुने बिरोध सभाका लागि अत्तरियामा कांग्रेसको बिभिन्न समितिहरु गठन

अत्तरिया : यही पुस १३ गते अत्तरियामा आयोजना गरिने बृहत बिरोध सभाका लागि नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले बिभिन्न समिति गठन गरेको छ । देशका १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध सभा गर्ने कार्यक्रम अन्तरगत कैलाली क्षेत्र नम्बर ४ ले पनि उक्त कार्यक्रमलाई सफल बनाउन समिति गठन गरिएको हो ।

जसका लागि क्षेत्रीय सभापति दिनेश राज जोशीको नेतृत्वमा ६ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको छ । यस्तै गोदावरी नगर सचीव तेज बहादुर खडकाको नेतृत्वमा ५ सदस्यीय मंच व्यवस्थापन तथा प्रचार–प्रसार समिती गठन गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले जनाएको छ ।

Sana Kishan

नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको भन्दै पुस १३ गते देशव्यापी विरोध कार्यक्रम गर्न लागेको छ । सोहि कार्यक्रम अन्तरगत नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले अत्तरियामा रहेको कार्यालयबाट दिउँसो १२ बजे बिरोध याली निकाल्ने र उक्त याली अत्तरिया चोकमा पुगी कोण सभामा परिणत हुने प्रचार प्रसार समितिका संयोजक खड्का बताए ।

World Link Ads
Mahakali Polytechnic

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको विरोधमा सोमबार देशभर हुने प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।satohimalnews बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.