Saturday, January 16, 2021

स्थानीयले पाए मेची–महाकाली रेलवेको मुआब्जा

- Advertisement -

— मेची–महाकाली रेलमार्गको बर्दिबास–निजगढ खण्डअन्तर्गत रौतहटको चन्द्रपुर र गुजरा नगरपालिका क्षेत्रका किसानको अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम वितरण सुरु भएको छ ।

रेलवे विभागले चन्द्रपुर ८, ९ र गुजरा–५ का किसानको मुआब्जा रकम दिन थालेको हो । मुआब्जाकै कारण रेलवेको काम प्रभावित हुँदै आएको थियो । यही कारण किसानले बालीसमेत लगाएका थिए । अहिले धमाधम रकम बुझ्न थालेका छन् । करिब नौ महिनादेखि मुआब्जाकै लागि किसानले रेलवेलाई दबाब दिँदै आएका थिए । चन्द्रपुर ८, ९ र गुजरा–५ का किसानको अधिग्रहण भएको ३ सय २३ कित्ता जग्गाको मुआब्जाको रकम भुक्तानी सुरु भएको हो ।

१ सय ७२ कित्ताको मुआब्जा किसानले पाइसकेका छन् । मुआब्जापछि ठेकेदारले बालीमै रोलर लगाएर काम सुरु गरेको छ । ६० प्रतिशत किसानले मुआब्जा लिइसकेको रेलवे विभागका डीई देवेन्द्र साहले बताए । ‘निवेदन दिएकामध्ये अब १३ वटा फाइल मात्र बाँकी छन् । अरू लगभग सबैले रकम बुझेका छन्,’ उनले भने ।

रेलवेले अधिग्रहण गरेको जग्गाको बल्ल मुआब्जा रकम पाउन थालेको चन्द्रपुर–९ मोतीपुरका किसान सुर्दशन गौतमले सुनाए । यस क्षेत्रका केही किसानले भने जग्गाको मूल्य कम भएको भन्दै मुआब्जा लिन मानेका छैनन् । उनीहरूबारे छलफल जारी राखेको रेलवेले जनाएको छ । वडा ८ र ९ वडाका किसानको ७० बिघाभन्दा बढी जग्गा रेलवेले अधिग्रहण गरेको छ ।ekantipur बाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

झुलाघाट नाका थप २ दिनका लागि खुल्ने

बैतडीको झुलाघाट नाका थप २ दिनका लागि ५ र ६ गते खुल्ने भएको छ। साप्ताहिक रुपमा सोमबार र शुक्रबार खुल्दै आएको नाका दुवै देशका स्थानीय...

अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ

कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्।...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री...

आज काठमाडौं उपत्यकाका २१ स्थानमा विजुली काटिने (तालिका)

नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो। https://youtu.be/ZRAWwAucmh0 प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज...

घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताएका...

घर झगडाले गर्यो पुरै परिवार सखाप !

कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन् । नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए । भित्र्याएको वर्ष...

नेपाल भारतको पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास !

काठमाडौं । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास...

कञ्चनपुर पुगे एसपी चतुरबेदी

महेन्द्रनगर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरिक्षक (एसपी) उमाप्रसाद चतुरबेदी कञ्चनपुर पुगेका छन् । सिआइबीबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएका एसपी चतुरबेदी जिल्लाको सुरक्षाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया