सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वाद र औषधिले भरिपूर्ण अमलाको जुसले निको पार्छ यी रोगहरु

काठमाडौं । अमालामा भिटामिन सी प्रसस्तै पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ ।भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

। यो आयुर्वेदिक औषधीमा प्रयोग हुन्छ । तपाईँलाई थाहा नहुन सक्छ, अमलामा रोग भगाउने पर्याप्त गुण हुन्छ । यो अनुसन्धानले नै पुष्टि गरेको कुरा हो ।
भनिन्छ अमला एक फाइदा अनेक। ‘भिटामिन सी’को सर्वोत्तम श्रोत मानिने अमलामा तीन वटा सुन्तला बराबर भिटामिन सी एक अमलामा पाइन्छ।

अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अमलाको सेवनले बूढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउछ।
यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ।
अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ।

यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ।
प्रत्येक दिन एउटा अमला खानाले पेट सफा र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन ।

अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन् ।
अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ। दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।

अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ । दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।
भिडियो हेर्नुहोस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.