महेन्द्रनगर । कञ्चनपुरमा सुकुम्वासी बस्ती तथा दलित टोल लगायत निमुखा तथा तराईको बाक्लो हुस्सु चिशोमा एक सरो लुगाफाटो पनि सहजै लगाउन नसक्ने दिन दुखिको सहारा बन्दै छ “आई केयर यु” नामक युवाहरुको समुह । विगत २ बर्र्ष देखी निरन्तर रुपमा समाजमा भएका मानवलाई मात्र नभएर घाईते, चोटपटक लागेका जनावर हरु को पनि आशाको केन्द्र बिन्दु बनेको छ ।
भीमदत्त ननगरपालिका सुकुम्बासी टोलमा बस्ने ईन्द्र विकले आफुलाई विगत २ बर्ष देखी “आई केयर यु” ले घरमै आएर लुगा फाटोको व्यवस्था गरेको बताए । उनले भने, ‘म जस्तै अन्य मेरो टोलमा बस्ने गरिब तथा निमुखा बृद्धहरुको लागि पनि यो चिशोमा शरिर ढाक्नको लागि कपडा सहयोग गरेको छ ।’ स्थानीय सरकारले गर्नु पर्ने काम अहिले स्थानीय युवाहरुले गरेको देख्दा स्थानीय सरकाले लाज मान्नु पर्ने उनले बताए भीमदत्त १८ कटानमा बस्ने मिना चौधरीले पनि यो चिशोमा आफना साना बालबालिकालाई जिउ ढाक्न एकसारो मोटो कपडा पाएकोमा सारै खुशी भएको बताईन् ।
‘अहिले सम्म समूह ले ९ सय बढि परिबार हरु लाई लुगा बितरण तथा ५ सय बढि बेसाहारा जनाबरको उद्दार र उपचार गरिसकेको छ’ “आई केयर यु” का अभियन्ता बिष्णु पनेरुले भने , ‘२ हजार भन्दा बढि जनाबर हरु लाई बेला बखतमा आहारा को ब्यबस्थापन गरिसकेको छौँ ।’ साथै महिनौ पिच्छे आबस्यक्ता परेको ठाउँ र ब्यक्ती पहिचान गरि नया तथा लगाउन योग्य पुराना लुगा बितरण गरिरहेको छ ,
दुई बर्समा आई केयर यु ले निरन्तर सडक मा रहेका गाई, गोरु, कुकुर, बादर , बिरालो लगायत हरेक प्राणि को निरन्तर आफु सक्दो उपचार र सेवा गरिरहेको उनले बताए ।
स्थानीय सरकाले जति राम्रो नियम ऐन कानुन बनाए पनि सडकमा जनावरहरु जतातही देख्न पाईन्छ साथै ति जनावरहरुको उचित स्याहार नगरेर कोही घाईते तथा कोही मृत्युको मुखमा पनि पुगेको देख्दा मन भरिएर आउने पनेरुले बताए ।
घाईते जनाबर लाई स्थाई आवास को ब्यबस्थापन बनाई निको नहुन्जेल उपचार र स्याहार को ब्यबस्था गर्दै आई रहेको भए पनि पछिल्लो समयमा आफुहरुलाई आवस्यक पर्ने औषधीहरको अभावमा कतिपय जनावरलाई आफुहरुले उपचार दिन नसकेको उनले बताए । सामाजिक कार्यमा धेरै कम साथ मिल्ने भएर पनि केही असहज भएको उनले बताए ।
सहयोगी दाताहरुले दिएको केही रकमले औषधी तथा अन्य सामग्री खरिद गर्दा प्रयाप्त नहुने भए पछि कतिपय समयमा आफनो खल्तिबाट पनि खर्च गर्नु पर्ने अवस्था आएको उनले अनुभव सुनाए । आई केयर यु को मुख्य उदेस्य समाज मा मानबता को चेतना फैल्याउनु हो र जनाबर प्रती गरिने दुव्र्यवहार को अन्त्य गर्नु रहेको पनेरुले बताए ।