Sunday, January 17, 2021

पुष १२ गते आइतबार, यस्तो छ तपाईको राशिफल !

- Advertisement -

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको प्रयास र व्यापारबाट दीर्घकालिन फाइदा हुनेछ । आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्नुहोला । समय राम्रो रहेको छ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । सहयोगीहरूको साथ र सहयोगले राम्रा काम गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धीत कामहरु फस्टाएर जानेछ भने लामो विदेश यात्राको सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानी बाट भने जस्तो आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला, अवसरवादीहरुले फसाउन सक्छन् । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्नी बीचको सम्बन्धमा अबिश्वास बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध काममा कुनै ठोस परिणाम देखा पर्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्यात्म र दर्शनप्रति मन आकर्षित हुनेछ । प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजन र अग्रजको आशीर्वाद प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढाई राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुशी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । बन्द व्यापारमा फाइदा छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यावसायमा मनमुटाब सिर्जना भई साझेदारहरु बीच फाटो हुन सक्छ ध्यान दिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगी नै बिभिन्न कारणले यात्रा स्थगित गर्नुपर्ने हुन सक्छ । आफन्त तथा परिवारमा कामको तालमेल नमिल्दा मनमुटाव हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तर्क, विवाद र प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पद प्राप्तिका लागी गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा आफ्ना कुराहरुमा सबैजना सहमत हुनेछन् । अफिसियल यात्राको प्रसस्त सम्भावना छ भने दीर्घकालिक फाइदा पुग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उन्नती, प्रगती र शैक्षिक क्षेत्रमा ध्यान जानेछ । भौतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । सामानको व्यापारमा मन्दि आउने छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घर जग्गा तथा सवारी साधनको कारोबारबाट आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय खर्चिनेहरुले पनि राम्रो रुपैया पैसा कमाउन सक्नेछन् । अध्ययन तथा अध्यापनमामा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमूखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुन सक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

माघ ४ गते आईतवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस्...

On सुर्य देवको दर्शन गरी मिती २०७७ माघ ४ गते आईतवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !! मेष:मेष (चु, चे, चो, ला, लि,...

वेदकोटमा माघी मिलन ( फोटो पिचर )

कंचनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी श्री सिद्धनाथ माध्यमिक माध्यमिक बिधालयमा थारु समाज वेदकोट द्वारा माघी मिलन एवम् सास्कृतीक कार्यक्रम आयोजना गरेको...

माघ महिनामा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ९ चु, चे, चो, ला, लि, लु, ले, लो, अ ० माघ महिनामा विशिष्ट व्यक्तित्त्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । छरछिमेकमा...

शुक्रबार सन्तोषी माताको व्रत कसरी गर्ने ? (पूजा विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् ।आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको...

आज माघेसंक्रान्ति अर्थात माघ १ गते, आजको राशीफल ।

वि.सं.२०७७ साल माघ ०१ गते, बिहीबार, ईश्वी सन् २०२१ जनवरी १४ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२...

आज बुधबार कुन भगवानको पूजा–आरधाना गर्ने ? (पूजा विधिसहित हेर्नुस् )

On आज बुधबार कुन भगवानको पूजा–आरधाना गर्ने ? (पूजा विधिसहित हेर्नुस् ) हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक,...

हेर्नुहोस आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

वि.सं. २०७७ साल पौष २९ गते । बुधबार । इस्वी सन् २०२१ जनवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन...

पुष २८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सचेत रहेर काम गर्नु पर्ने दिन छ । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । साँझदेखि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया