सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
No Result
View All Result

स्वास्थ्यकर्मी आन्दोलित, आइतबार मन्त्रालयमा धर्ना

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
December 26, 2020
Reading Time: 1min read
0
स्वास्थ्यकर्मी आन्दोलित, आइतबार मन्त्रालयमा धर्ना

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यकर्मीले धर्ना दिने भएका छन्।

RELATED POSTS

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिको अपिलमा देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।

पटक—पटक मन्त्रालयमा लिखित तथा मौखिक रूपमा स्वास्थ्य सुधारका विभिन्न माग राख्दै आएका स्वास्थ्यकर्मी संगठनको आवाजलाई मन्त्रालयले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाई छ।

यसअघि समितिले आफ्ना माग सुनुवाईको लागि मन्त्रालयलाई पटक—पटक अल्टिमेटम दिएको थियो।

मन्त्रालयले माग सम्बोधनमा कुनै चासो नदेखाएकोभन्दै आन्दोलनमा उत्रिनुपरेको समितिका संयोजक डा. लोचन कार्कीले बताए।

समितिले आइतबार बिहान ११ बजे माइतीघर मन्डला उपस्थित हुन सम्पूर्ण स्वास्थ्यकर्मीलाई अपिल गरेको छ।

‘हामीले भोली सम्पूर्ण स्वास्थ्यकर्मीलाई माइतघर मन्डलामा बोलाएका छौं,’ डा. कार्कीले भने, ‘११ बजे देखि १२:३० सम्म शान्तीपूर्ण आन्दोलन गर्नेछौं।’

ADVERTISEMENT

उनले प्ले कार्ड बोकेर र मौन धर्ना दिएर सरकारलाई दबाब दिने बताए।

‘भोलीको लागि हामीले शान्तीपूर्ण आन्दोलन गर्ने तयारी गरेका छौं। तर, सरकार हाम्रो मागमा अझै गम्भीर नभए थप कडा आन्दोलनमा जान्छौं,’ डा. कार्कीले भने।

समितिमा स्वास्थ्यसँगका सम्बन्धित विभिन्न १९ वटा टे«ड युनियन तथा संगठनले १८ वटा मुद्दालाई अगाडी सारेका छन्।

यी हुन् १८ बुँदे माग :

१. कोभिड लगायत जनताको अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निशुल्क गर्नुपर्ने

२. आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालहरुमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने

३. कोभिड १९ को नियन्त्रणका लागि ट्रेसिङ, गरिने कार्यहरु जस्तै परिक्षण, आइसोलेसन, उपचार लगायतका सम्पूर्ण कार्यहरुको हाल द्धिविधा उत्पन्न भएको हुनाले यसको दायरा बढाई नेपाल सरकार जिम्मेवार हुनुपर्ने

४. स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको उत्प्रेरणात्तम योजना जस्तै जोखिम भत्ता, संचार तथा यातायात खर्च, बिमा, मृत्युपश्चात दिइने खर्च वा रकम सरकारी तथा निजी सबै स्वास्थ्यकर्मीहरुलाईए सहज तरिकाले उपलब्ध गराउनुपर्ने। साथै स्वास्थ्यकर्मीहरुलाई पोष्ट कोभिड सिन्ड्रोम र अशक्तता भएमा सो को पुनःस्थापना र मृत्यु भएमा परिवारलाई उचित राहत र क्षतिपूर्तिको विशेष व्यवस्था हुनुपर्ने

५. निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने

६. संक्रमित चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मीहरुका लागि छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्ने

७. स्वास्थ्य सेवालाई संघ अन्तर्गत राखी पुर्नसंरचना गर्नुपर्ने साथै स्वास्थ्य सेवा सञ्चालन, व्यवस्थापनका लाग छुट्टै स्वास्थ्य सेवा ऐन हुनुपर्ने

८. राष्ट्रिय स्वास्थ्य नीति, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चिकित्सक नर्सिङ तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी कम भएकाले तत्काल संगठन तथा व्यवस्थापन सर्भे गरेर दरबन्दीको पुर्नसंरचना गरी सेवामा वृद्धि गरिनुपर्ने

९. स्वास्थ्यकर्मीहरुको करिब ३ वर्षबाट स्तरवृद्धि नभएको हुनाले तत्काल स्तरवृद्धि गर्नुपर्ने

१०. निजी सामुदायिक गैह्र सरकारी स्वास्थ्य संस्थाहरुमा न्यूनतम पारिश्रमिक बैकीङ्ग प्रणालीबाट भुक्तानी गरिएको सुनिश्चित भएपछि मात्र नविकरण गर्ने व्यवस्था मिलाउनुपर्ने

११. स्वास्थ्य सेवा विशिष्ठकृत सेवा भएको हुनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवाबाट नै हुनुपर्ने

१२. प्रत्येक प्रदेशमा स्वास्थ्य सेवाको सचिव सहित छुट्टै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्यवस्था गर्नुपर्ने साथै स्थानीय तहमा स्वास्थ्य सेवा कै नेतृत्व रहने गरी मजबुत स्वास्थ्य शाखा हुनुपर्ने

१३. ऐन नियम निर्देशिका कार्य विधि संगठन पुर्नसंरचना सेवा सञ्चालन प्रोटोकल निर्माण लगायतका मस्यौदा समितिहरुमा सरोकारवाला ट्रेड युनियन तथा पेशागत संघ संगठन लगायतका प्रतिनिधि रहने व्यवस्था गर्ने साथै यस्ता क्रियाकलापहरुमा सरोकारवाला निकायहरुसँग छलफल गर्नुपर्ने

१४. स्वास्थ्य संस्था तथा स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई सुरक्षित वातावरणमा काम गर्न तथा अभद्र व्यवहार नहोस् भन्नका निम्ति घटनामा संलग्न व्यक्तिलाई बिना धरौटी हिरासतमा राखी कारबाही गर्ने कानून बनाई लागू गर्नुपर्ने

१५. हालको विषम परिस्थितिमा विभिन्न सर्वपक्षीय सरोकारवालाहरुको सहभागितामा सेवाको गाइडलाइन बन्नुपर्ने र यदि बनेको भएमा सर्वपक्षीय सरोकारवालाहरुको सहभागीतामा पुनरावलोकन हुनुपर्ने

१६. वीर अस्पताल लगायत देशका विभिन्न स्थानहरुमा भै रहेका स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई सम्बोधन गरी जायज मागहरु तत्काल पुरा गर्नुपर्ने

१७. विभिन्न समयमा विभिन्न सरकारहरुले गरेका स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको समाचारहरुले स्वास्थ्य क्षेत्र बदनाम भएको हुनाले छानबीन गरी दोषि उपचार कारबाही हुनुपर्ने
१८. कोभिड १९ सम्बन्धी परीक्षणमा आवद्ध सरकारी तथा निजी प्रयोगशालाहरुमा गुणस्तरीय मापन प्रणालीको व्यवस्था र प्रभावकारी अनुगमन गरी सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने।healthpostnepal बाट

ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )
स्वास्थ्य

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

January 18, 2021
बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!
स्वास्थ्य

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

January 18, 2021
अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं
स्वास्थ्य

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं

January 18, 2021
दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्
स्वास्थ्य

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

January 18, 2021
कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका
स्वास्थ्य

कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका

January 18, 2021
इन्दिरा पोर्चुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली
स्वास्थ्य

मुटुलाई स्वस्थ राख्न खानुहोस् यी खानेकुरा !!

January 17, 2021
Next Post
किशोरीलाई सशक्त बनाईदैँ (वेदकोट)

किशोरीलाई सशक्त बनाईदैँ (वेदकोट)

फ्रान्समा पनि देखियो नयाँ भाइरस ,नयाँ प्रकार प्रति किन धेरै चासो?

दोधारा चाँदनीम थप ४ जनामा कोरोना संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In