सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडी प्रहरीको सफलता, जनप्रतिनिधीको चोरिएको मोटरसाईकल दुई सातामै पत्ता

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिका जनप्रतिनिधी प्रेमसिह खातीले चढ्ने गाँउपालिकाको चोरिएको मोटरसाईंकल फेला परेको छ । बेलडाँडी गाँउपालिका २का वडाध्यक्ष खातीले चढने म१ब४०९ नम्बरको सरकारी मोटरसाईकल वडाध्यक्ष खातीकै निवासबाट गत मंसिर अन्तिम साता चोरी भएको थियो ।

गत मंसिर २७ मा चोरी भएको मोटरसाईकल इलाका प्रहरी कार्यालय बेलडाँडीले दुई सातामै चोर सहित मोटरसाईकल फेला पारेको छ । इलाका प्रहरीकार्यालय बेलडाँडीका इन्चार्ज एव प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिहकै कमाण्डमा खटिएको टोलीले शनिबार सीमा क्षेत्रमा फेला पारेको हो । वडाध्यक्ष खातीले चढ्ने सरकारी मोटरसाईकल शनिरबारै हराएको थियो, प्रहरीले पनि शनिबारै फेला पारेको हो । मोटरसाईकल चोरीमा संलग्न सुबास पाण्डेयको बयानका आधारमा ईप्रका बेलडाँडीको टोलीले मोटरसाईकल चोरीको १६ दिनममा पत्ता लगाउन सफल भएको हो ।

Sana Kishan

ईप्रकाको झण्डै डेढसय मिटर टाढा रहेको अध्यक्ष खातीको घरबाट चोरी भएको थियो । केही समय अघि शुक्लाफाँटा नगरपालिकाको चोरिएको एक सरकारी मोटरसाईकल समेत बरामद गरि चोरीका संलग्न दुई जनामाथि कार्बाही सफल भएको बेलडाँडी प्रहरीले वडाध्यक्ष खातीले चढने चोरीको मोटरसाईकल समेत बरामद गर्न सफल भएको हो । संलग्न चोरमाथि कार्बाहीका लागि प्रकृया अघि बढाईएको छ ।

World Link Ads
Mahakali Polytechnic

बेलडाँडी प्रहरीले चोरलाई तह लगाएपछि स्थानीय सरकार, एव नागरिकबाट ईप्रका बेलडाँडी नागरिकको जिउधन सुुरक्षमा खटिएको महसुस गराएको छ । बेलडाँडीका स्थानीयले गाँउपालिका क्षेत्रममा चोरी, डकैती एव दुर्घटना हुने भएकाले बजार क्षेत्र कालिकिच, चवन्नी, बेलडाँडी, बजार गाँउपालिका क्षेत्रमा सिसिटिभी क्यामेरा जडानको माग अघि सारेका छन ।

Dirghayu Ads

शान्ति सुरक्षा एव जनताको जिउधनको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गर्नुपर्नेमा स्थानीयको माग छ । बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापा(क्षेत्री)ले गाँउपालिका क्षेत्रका जनताको जिउनधन सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडानदेखि अन्य योजना अघि सार्ने बताए । कार्यालय, बजार र सीमा क्षेत्रमा सुरक्षाका सबै प्रयास थालिने बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.