सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आफ्नै कमाइले अर्बपति बनेका ९ वर्षका बालक,हेर्नुहोस कति कमाउँछन उनी बर्षको?

९ वर्षका एक बालक अर्बपति छन्, त्यो पनि आफ्नै कमाइले । उनले २०२० सालमा मात्रै २७ अर्ब रुपैयाँ कमाए । झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो कुरा सत्य हो । रेयान काजी नामका ९ वर्षका बालकले डिजिटल प्लेटफर्म युट्युबबाट मात्रै २९.५ मिलियन डलर कमाइ गरेका छन् । उनी २०२० मा युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।

अमेरिकाको टेक्सासका ९ वर्षका रेयान काजी युट्युबमा खेलौना र गेमलाई अनबक्स गरेको भिडियो राख्छन् । भिडियोमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन् । उनले २०२० मा युट्युबबाट २९.५ मिलियन डलर कमाएका छन् । यसका अलावा उनले रेयान्स वर्ल्ड ब्राण्डेड टोय एण्ड क्लथिङबाट पनि उनले २०० मिलियन डलर कमाएका छन् ।

World Link Ads
Mahakali Polytechnic

रेयानले हालै निकलोडिएनसँग आफ्नै टेलिभिजन सिरिजको पनि सम्झौता गरेका छन् । काजीको सबैभन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्राइज टोय च्यालेन्जको २ बिलियनभन्दा धेरै भ्यू छ । यो भिडियो युट्युबको इतिहासमा सबैभन्दा धेरै हेरिएका ६० भिडियोमध्ये एक हो । रेयानले २०१५ मा भिडियो बनाउन सुरु गरेका थिए । उनले खेलौनाको रिभ्यूको भिडियो हेर्न थालेपछि आफैंले भिडियो बनाउने आइडिया आएको थियो ।

Sana Kishan

रेयानको रिभ्यूको तरिका मानिसहरुले निकै मन पराउन थाले र उनको फ्यान फलोइङ बढ्दै गयो । रेयानको लोकप्रियता तीन वर्षमै चरम स्थितिमा पुगिसकेको थियो । उनी २०१८ र २०१९ मा पनि युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका थिए ।

रेयानको रिभ्यूको तरिका मानिसहरुले निकै मन पराउन थाले र उनको फ्यान फलोइङ बढ्दै गयो । रेयानको लोकप्रियता तीन वर्षमै चरम स्थितिमा पुगिसकेको थियो । उनी २०१८ र २०१९ मा पनि युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका थिए ।

रेयानको लोकप्रियताका कारण कैयौं चर्चित खेलौना कम्पनी आफ्नो खेलौनाको रिभ्यू गराउन उनीकहाँ आउँछन् । २०२० मा युट्युबबाट धेरै कमाउनेको सूचीमा दोस्रो स्थानमा जिमी डोनाल्डसन छन् । किस्टर बिस्ट भनेर चिनिने डोनाल्डसनले २०२० मा युट्युबबाट करिब २४ मिलियन डलर कमाएका छन् ।gnewsnepal बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.