पुष- ११ /बैतडीमा सशस्त्र प्रहरीले डेढ लाख भन्दा बढी बढी मुल्यको अबैध बिँडी बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भित्र्याएका १ लाख ६५ हजार बराबरको १० पेटी बिँडी बरामद गरेको सशस्त्र प्रहरी बैतडीले जनाएको छ । शनिबार बिहान पौने २ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका ६ गाँजरीबाट अबैध बिँडी बरामद गरेको हो । अवैध रुपमा बिँडी ल्याउँदै गरेका मानिसहरु भने सशस्त्रको टोली देख्ने बित्तिकै बिँडी छोडेर भागेको बताइएको छ । सीमा नाका बन्द हुँदा महाकाली नदीमा ट्युब मार्फत भारतबाट बिँडी ल्याएको हुनसक्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले जानकारी दिनुभयो । शस्त्र प्रहरीका अनुसार बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको छ ।radiobaitadi बाट सभार
प्रतिक्रिया