सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रातो राम्रो अनि गुलाबी ओठ चाहानु हुन्छ भने यी गल्ती कहिले नगर्नुहोस

काठमाडौं । महिला होस् वा पुरुष । आफ्नो ओठ गुलाबी होस् भन्ने चाहाना सबैको हुन्छ । तर, हामी जानअनजान केही यस्ता गल्ती गर्न पुग्छौं, जसले ओठ कालो बनाइरहेको हुन्छ ।

जान्नुहोस्, ती ६ गल्ती

बढी कफी पिउनु : दिनभरमा १/२ पटक कफी पिउनु ठीकै मानिन्छ। तर, त्योभन्दा बढी मात्रामा कफी पिउनाले यसमा रहेको क्याफिनले ओठलाई विस्तारैविस्तारै कालो बनाउँदै लग्छ।

World Link Ads
Mahakali Polytechnic

कम पानी पिउनु : कम पानी पिउनाले डिहाइड्रेसन हुन्छ । यही कारण ओठ सुक्न थाल्छ र कालोपन आउन थाल्छ।

Sana Kishan

दाँतले टोक्नु : केही व्यक्तिको दाँतले ओठ टोक्ने वा रगड्ने बानी हुन्छ। यसो गर्नाले ओठमा सुख्खापन आउन थाल्छ र ओठमा कालोपन आउन थाल्छ।

धुम्रपान : चुरोटमा रहेको निकोटिनले ओठको छालालाई डढाईदिन्छ। यसले ओठ कालो हुन थाल्छ।

एन्टिबायोटिक औषधि : लामो समयसम्म एन्टिबायोटिक औषधि खाइरहेमा शरीरमा यसको नराम्रो असर पर्न थाल्छ र ओठ कालो हुँदै जान्छ।

रासायनिक पदार्थ : रासायनिक लिपिस्टिक वा लिप बाल्म लगाउनाले ओठमा नराम्रो असर पर्छ र ओठमा कालोपना आउन थाल्छ।सारस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.