सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फर्निचर किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

फर्निचर कुनै पनि घरका शोभा मात्र होइनन् दैनिक आवश्यकताका वस्तु पनि हुन् । त्यसैले फर्निचर खरिद गर्दा आकर्षक मात्रै हेरेर हुँदैन टिकाउ पनि हेर्नुपर्छ । चाहे दराज होस वा पलङ, किचन र्‍याक होस वा टेबल, जुनसुकै फर्निचर पनि एकपटक घरमा ल्याइसकेपछि तुरुन्तै फेर्न सकिँदैन । त्यसैले फर्निचर किन्दा धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । के-के हुन् त ती कुरा ? १. बनावट हेर्नुस आल्मुनियमको हल्का फर्निचरको साटो काठको गह्रुंगो फर्निचर खरिद गर्नु उपयुक्त हुन्छ । काठको फर्निचर कैयौं वर्षसम्म उपयोग गर्न सकिन्छ । साथै यसले घरलाई फरक लुक पनि दिन्छ । यदि तपाईं भारी फर्निचर खरिद गर्न चाहनुहुन्न भने काठकै पातला फर्निचर पनि पाइन्छन् । २. बजेट छुट्याउनुस आफ्नो घरका लागि उचित फर्निचरको छनोट कसरी गर्ने ? यो कुरालाई तपाईंको बजेटले पनि निर्धारण गर्छ । एउटै वस्तु खरिद गर्न अत्यधिक पैसा खर्च गर्नु उपयुक्त हुँदैन किनकी तपाईं त्यति नै पैसामा अरु पनि धेरै चिज खरिद गर्न सक्नुहुन्छ । यसका अलावा यदि तपाईंले केही वस्तुहरुमाथि अत्यधिक खर्च गर्नुभयो भने तपाईं अन्य फर्निचर किन्न सक्नुहुन्न जुन तपाईंका लागि अति आवश्यक थियो ।

३. उचित डिजाइन फर्निचरको डिजाइन छनोट गर्दा तपाईंले निकै सा’वधानी अपनाउनुपर्छ । याद राख्नुस कि तपाईं छोटो छोटो अन्तरालमा यसलाई बदल्न सक्नुहुन्न । त्यसैले यस्तो डिजाइन छनोट गर्नुस जुन सबैभन्दा पछिल्लो मोडलको होस ताकि भविष्यमा यो चाँडै पुरानो नलागोस । यसका अलावा तपाईं केही पारम्परिक प्रकारका फर्निचरको छनोट गर्न सक्नुहुन्छ । ४. थिम चुन्नुस विशेषज्ञहरु भन्छन् कि तपाईंको घरमा कति ठाउँ छ भन्ने कुराले केही फरक पर्दैन । तर, यो कुराले प्रभाव पर्छ कि तपाईंले आफ्नो घरलाई कसरी सजाउनुभएको छ । तपाईंले कुनै थिम छनोट गरेर त्यस अनुसार फर्निचरर्लाइ सजाउन सक्नुहुन्छ । तपाईं बेडरुमका लागि भिक्टोरियन थिम तथा लिभिङ रुमका लागि मोर्डन थिमको छनोट गर्न सक्नुहुन्छ । ५. साजसज्जा सही फर्निचरको छनोटका लागि यो कुरामा ध्यान दिनु अति आवश्यक छ । यदि तपाईं काठको फर्निचर छनोट गरिरहनु भएको छ भने फर्निचरको फिनिसिङलाई राम्ररी जाँच्नुस । यदि फिनिसिङ राम्रो छैन भने रंग बि’गि्रने सम्भावना बढ्छ । त्यसैले सकभर ब्रान्डेड प्रोडक्टमा जानुस । ६. कोठाको आकार तपाईंको बेडरुम आरामदायी हुनुपर्छ यसमा किङ साइजको बेड सकभर नराख्नुस । बेडरुममा तपाईंलाई एउटा साइड टेबल र एउटा दराज आवश्यक हुन्छ । त्यसैले कोठाको आकारअनुसार फर्निचरको छनोट गर्नुस । ७. अपरम्परागत सामान आफ्नो घरलाई फरक रुप दिनका लागि अपरम्परागत, युनिक र अनौठा चिजहरु खरिद गर्नुस । विभिन्न प्रकारका रंगहरु तथा आकारहरुको उपायोग गर्नुस । उदाहरणका लागि यदि तपाईं अंग्रेजीको बी आकारको वाल हैंगिङ बुक सेल्फ लगाउनुहुन्छ भने निश्चितरुपमा तपाईंको कोठाका संरचना केही फरक देखिनेछ ।

Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.