Sunday, January 17, 2021

चिसोमा टन्सिलले सतायो ? यसरी घरमै गर्न सकिन्छ उपचार

- Advertisement -

चिसो बढ्दै गएको छ । जाडोयाममा अधिकांशको एउटै समस्या हुन्छ टन्सिलले सताउनु । हामीलाई थाहै छ, यो घाँटीको समस्या हो । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ । त्यो भन्दा अर्को कठिनाइ हो, टन्सिलाइटिस ग्रन्थीमार्फत हानिकारक ब्याक्टेरिया शरीरभित्र पुग्छ ।

वास्तवमा यो त्यस्तो ग्रन्थी हो, जसले सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा गर्छ । मुखबाट शरीरमा जाने ब्याक्टेरिया रोक्ने काम यसले गर्छ । तर, जब यो ग्रन्थी नै संक्रमित हुन्छ भने, त्यसले शरीरमा कति जटिल समस्या निम्त्याउँछ । अक्सर, हामीलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल भएपछि ज्वरो आउँछ, काम गर्न जाँगर चल्दैन । सामान्य दिनचर्या नै प्रभावित हुन्छ । अतः हामी यसको बिरुद्ध एन्टिबायोटिक चलाइदिन्छौं ।

असहज अवस्थामा एन्टिबायोटिक लिनु ठिकै होला । तर, संभव भएसम्म यस्तो औषधी सेवन गर्नु हुँदैन । किनभने, यसले एउटा रोगलाई निको बनाउँछ, तर अर्को अंगलाई भने अतिरिक्त भार दिइरहेको हुन्छ । त्यसैले सकेसम्म प्राकृतिक विधीबाटै यसको उपचार खोज्नुपर्छ ।

यसरी घरमै गर्न सकिन्छ टन्सिलको उपचार
-मनतातो तरल पदार्थ पिउने
-सुपहरु बनाएर पिउने
-हरेक ३ घन्टामा तातोपानीमा नुन हालेर कुल्ला गर्ने । बेसार पानीमा थोरै जिरा राखेर मनताते बनाएर पीउने
-हर्बल चिया पिउने
-कफि, जाँडरक्सीको प्रयोगबाट टाढा रहने
-मनतातो पानीमा दालचिनी मिलाएर पानी पिउने ।
-अदुवा र मह हालेर चिया पिउने ।

-चिसोमा हिँडडुल नगर्ने ।
-निको नभएमा एन्टिबायोटिक औषधि प्रयोग गर्ने
-एक महिनामा ३ पटकसम्म टन्सिल हुन थालेमा शल्यक्रिया गर्न चिकित्सकसँग सुझाउँछन् । तर यो समस्या दोहोरीरहेको खण्डमा अनुभवी चिकित्सकसँग सल्लाह गरी राम्रोसाग जँचाएर मात्रै औषधी सेवन गर्ने ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यी हुन् ओखर खाँदा हुने फाइदा

‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम्...

मुलुकको स्वाभिमान उठेको बखत : धर्मानन्द भट्ट

मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ। उपलब्धि बिहिन प्रयत्नहरू फगत गरिन्छ। यो भूमी हाम्रो हो गिद्दे नजर नलाएकै राम्रो, कसैले गरेको भए पनि बैना जफत गरिन्छ। झिना मसिना कुरा...

छोरा अब छोरा रहेन।

घरडी कमलेश कोरिया घरमा बैठक कोठा र छेउमा गोठ बन्यो, बैठक कोठामा पाहुनाका लागि सोफा र गोठमा पातलो च्याद्दर ओछ्याइयो! बुझे, छोरा अब छोरा रहेन। आगनमा तुलसीको...

मोबाइलले यसरी आफ्नो मान्छेबाटपनि टाडा बनाउँछ,अनि सुरू हुन्छ झगडा(एकपल्ट अवस्य पढेर...

On मोबाइलले यसरी आफ्नो मान्छेबाटपनि टाडा बनाउँछ,अनि सुरू हुन्छ झगडा(एकपल्ट अवस्य पढेर सेयर गर्नुहोस यो ज्ञानवर्धक जानकारी) हत्केलाभरको मोवाइल अब कुराकानीको माध्यम मात्र रहेन ।...

यी उपाय अपनाउनुहोस्श ,सरीरका अनावश्यक रौँ हटाउन मन छ भने ?

शरीरमा अनावश्यक रौं आएर हैरान हुनुहुन्छ ? त्यसो हो भने चिन्ता नलिनुस्, ब्यूटीसियन नीरु श्रेष्ठले घरमै अनावश्यक रौं हटाउने केही उपाय दिएकी छिन् ।...

दूध कतिबेला पिउने ? यो हो सहि समय

एजेन्सी – जब सम्पूर्ण भोजनको कुरा हुन्छ, तब यसमा दूधको महत्वपूर्ण भूमिका हुन्छ । दूधलाई तपाई शुद्ध रुपमा वा बेसार र अन्य कुराहरु मिसाएर पनि...

पुरूषलाई मन पर्दैनन् महिलाका यस्ता बानी

महिलाहरुले खित्का छाडेर हाँसेको पुरुषले मन पाराउँदैनन् । कुनैपनि महिलाले जव आफूले गरेका गल्ती लुकाउन हाँसेर टार्ने प्रयास गर्छन भने त्यो बेला पुरुषहरुलाई रिस...

केही सडकमा छन् त केही दरबारमा : धर्मानन्द भट्ट

केही सडकमा छन् त केही दरबारमा छन्। अनेकथरी मान्छेहरू त यसै बजारमा छन्। युद्ध लडेकाहरू बिचरा खै कहाँ छन कहाँ, चैतेहरू बसेर महलमा चढेका कारमा छन्। आनन्द छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया