सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘हामी यहाँ छौं’ भन्दै माइतीघर पुगे प्रचण्ड–नेपाल समूहका नेता

–प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको प्रदर्शन काठमाडौंमा सुरु भएको छ। यो पक्षका शीर्ष नेता, केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यहरु माइतीघर मण्डलामा पुगेका छन्।

बिहीबार सकिएको केन्द्रीय कमिटीको निर्णयअनुसार सबै केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यलगायत माइतीघर मण्डलामा भेला भएका हुन्। यसपछि मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ।

Sana Kishan
World Link Ads
Mahakali Polytechnic

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूपक्षीय धेरैभन्दा धेरै कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुनसमेत आग्रह गरेका छन्।

पार्टीको घोषित कार्यक्रमअनुसार आजै २ बजे अध्यक्षहरुका तर्फबाट पत्रकार सम्मेलन गरिनेछ। प्रचण्ड–नेपाल पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.