सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाहुना चराको आगमनले घोडाघोडी बन्यो रमणीय (फोटो फिचर)

पुस ९ गते । जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालक्षेत्रमा यतिबेला चराहरुको चहलपहल बढेको छ । चिसो मौसम शुरु भएसंगै साइबेरियन चराको उपस्थितिले उक्त क्षेत्रमा अहिले चराहरुको बाक्लो चहलपहल देख्न सकिन्छ । सिमसार क्षेत्रमा बर्षेभरि पाइने चराबाहेक यस बर्ष साइबेरियाबाट ६४ प्रजातिका पाहुनाचराको उपस्थिति रहेको चराविज्ञ बताउँछन् ।
चराविद हिरुलाल डंगौराले यो बर्ष सुनजुरे हाँस, हरियो टाउके हाँस,कैलोटाउके हाँस, श्वेताँखीभौ, खडखडे हाँस,मरुल, ठुलो जलेवालघु राजपुत्रिका, चञ्चले सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया,मसिनोठुँडे, टिमटिमा डुबुल्कीचरा लगायतका ६४ प्रजातिका चराको आगमन भएको बताउनुभयो ।
डंगौराले घोडाघोडी सिमसार क्षेत्रमा कार्तिकको अन्तिमतिरदेखि मङ्सिर पहिलो सातासम्म साईबेरियाबाट चराहरु घोडाघोडी बसाइ सर्ने जानकारी दिनुभयो । चैत्र महिनाको शुरुसम्म साइब्रेरियन चराहरुको उपस्थिति रहने उल्लेख गर्दै डंगौराले ‘पाहुना चराका रुपमा आएका उनीहरु गर्मी बढेसंगै पुनः साईबेरियातिर जान्छन् ’ । डंगौराका अनुसार घोडाघोडीमा पछिल्लो समय ३४२ प्रजातिका चराहरु पाइने गरेका छन् ।
चारैतिर हरियाली बनजङ्गलले ढाकेको पञ्जा आकारमा फैलिएको घोडाघोडी ताल जुन कुनामा गयो त्यतै चराहरुको बाक्लो उपस्थिति देखिन्छ । दैनिक सयौ पर्यटक अवलोकनका लागि आउने उक्त ताल क्षेत्रमा कोभिड – १९ को प्रभावले पर्यटकको आगमन न्यून रहे पनि चराहरुको चहलपहल ले भने तालक्षेत्र निकै रमणीय बनेको छ  ।
‘तालको वरपरको वातावरण चराचुङ्गीको आवाज ले मनै लोभ्याउने बनेको छ तर पर्यटकको उपस्थिती गतबर्ष जस्तो चहलपहल छैन’ स्थानीय पदम ढकालले भन्नुभयो ‘ भ्रमण र बनभोजका लागि यो समय यहाँ निक्कै पर्यटकको भिड हुन्थ्यो कोरोनाका कारण टाढाबाट आउने पर्यटक कोही पनि आउन सकेका छैनन् ।’
घोडाघोडी पर्यटनबोर्डका उपाध्यक्ष दयाराम चौधरीका अनुसार हिँउदको मौसम शुरु भएसंगै साइबेरियाबाट चराहरु यता बसाइ सर्न थाल्ने भएकाले घोडाघोडीमा चराको बाक्लो उपस्थिति देखिने गरेको हो । फेब्ररी २ देखि १८ तारिकसम्म सिमसार क्षेत्रमा बस्ने चराहरुको गणना हुने बताउँदै उपाध्यक्ष चौधरीले गतबर्षभन्दा यो बर्ष चराको संख्या बढेको बताउनुभयो ।

 

World Link Ads
Mahakali Polytechnic
Dirghayu Ads
Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.