Sunday, January 17, 2021

दाहाल–नेपाल समूहले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

- Advertisement -

काठमाडौँ — नेकपाको (दाहाल–नेपाल) समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति गठन गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तग भएको छ । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने भएको छ । यो समूहले सोही दिन नै २ बजे पत्रकार सम्मेलन राखेको छ । प्रवक्ता श्रेष्ठले नेपाल बन्दसम्म गर्नेसम्म पनि हुने बैठकमा बताएका छन् । आन्दोलनका कार्यक्रम काठमाडौंमा बढी केन्द्रित हुनेछन् । पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

कार्यक्रमअन्तर्गत ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ ।

बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

नेकपाको दाहाल–नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

शुक्रबार बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे आयोग जाने निर्णय भएको हो । आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय भएको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए । स्थायी कमिटीलगत्तै उक्त समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।ekantipur बाट सभार

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल-भारत बैठकमा के के छलफल भयो ?

३ माघ २०७७, शनिबार ११:३४ काठमाडौं – नेपाल–भारतबीचको परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सकिएको छ । बैठकमा भाग लिन भारतको राजधानी नयाँ दिल्ली जानुभएका परराष्ट्रमन्त्री प्रदिपकुमार...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

एका बिहानै बाग्लुङ्ग कालिका मन्दिरको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस भेटी...

वि.सं.२०७७ साल माघ ०२ गते, शुक्रबार, ईश्वी सन् २०२१ जनवरी १५ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण, शिशिर ऋतु, श्रीशाके १९४२, पौष शुक्लपक्ष,...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु !

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु ! बिहीबार साँझ मेची राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापा बुद्धशान्ति गाउँपालिका–४ स्थित वर्ने चिया...

कुन उमेरका मानिस कति घण्टा सुत्ने ? समय भन्दा बढी सुतेमा...

तपाईंले पढ्नु भएको वा सुन्नु भएको हुनसक्छ कि कि सबैको लागि कम्तिमा ८ घण्टा निदाउनु एकदम महत्त्वपूर्ण छ। तर सत्य यो हो कि सबैको...

हात हतियार र कस्तुरीको दाँत सहित पाँचजना पक्राउ !

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरेको छ । कस्तुरीको दाँत र हतियारसहित निकुञ्जको टोलीले पाँचजनालाई पक्राउ गरेको छ । निकुञ्जको टोली र नेपाल...

दिल्ली संयुक्त बैठका परराष्ट्रमन्त्री ज्ञवालीले भने – नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग...

नयाँ दिल्ली – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिइने बताएका छन् । शुक्रबार दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको बैठकपछि...

हैदरावाद हाउसमा सुरु भयो नेपाल–भारत संयुक्त बैठक

काठमाडौं। नेपाल(भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया