सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्थानीय सरकारको पहलमा दुई पालिका जोड्ने झोलुङ्गे पुल निर्माण, जनतालाई राहत

कञ्चनपुर, कञ्चनपुरका दुई पालिका जोड्ने दोदा नदीमा झोलुङ्गेपुल पुल निर्माण भएको छ । लालझाडी गाँउपालिका १ बिनबासी र पुर्नवास नगरपालिका २ अमखैया जोड्ने दोदा नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । स्थानीय सरकारको पहलमा दोदा नदीमा पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन ।

स्थानीयका अनुसार लालझाडी गाँउपालिकाको पहलमा पुल निर्माण भएको हो । पुल निर्माणसंगै स्थानीय हर्षित भएका छन । लालझाडीका स्थानीय पदम रानाले गाँउपालिका प्रमुख मदनसेन बडायकले चुनावमा जनतासंग गरेका बाचा पुरा गर्न लागेको बताए । स्थानीय रानाले भने, ‘लालझाडी गाँउपालिका प्रमुख ज्यूले उतिबेला हामीले राखेको माग सुने, आज पुरा गरेरै छाडे ।’

 

World Link Ads
Mahakali Polytechnic

हामी लालझाडीबासीलाई पुनर्वास, बेलौरी, बेलडाँडी लगायत भारतीय क्षेत्रमा जानका लागि पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए । अर्का स्थानीय पार्वती सुनारले पुल निर्माणसंगै खोला तनुपर्ने बाध्यता हटेको बताए । ‘हामीलाई दैनिक कामकाज एव घरयासी कामका लागि यताउता जानुपर्दा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, ‘उनले भनिन, ‘आज त्यो हटेको छ ।

Sana Kishan

’ स्थानीय अगुवा गोपाल रेग्मीले पुल निर्माणसंगै स्थानीयको समाजिक आर्थिक एव साँस्कृतिक गतिबिधीमा सहजता आएको बताए । पूर्वाधार विकास कार्यालय मार्फत निर्माण भएको पुलको लम्बाई २सय मिटर रहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले झण्डै १करोड ९९लाख लागतमा पुल निर्माण भएको बताए ।

 

‘पुल समयमै निर्माण भएको छ, ‘सूचना अधिकारी भट्टले ‘पुल निर्माण भएसगै स्थानीयलाई सहज भएकोछ ।’ लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले स्थानीय सरकारले दोदा नदीमा तीन पुल निर्माणका लागि संघीय सरकारमा प्रस्ताव माग गरेको बताउदै उनले सो पुल सहित जाँईसिकलपट्टीमा समेत निर्माण भएको बताए ।

‘हामीले जनताको माग र चाहना अनुरुप पुल निर्माणका लागि माथिल्लो निकायमा प्रंस्ताव पेश गरेका हौँ, ‘उनले भने, ‘हाम्रो चुनावी प्रतिबद्धता पनि थियो, त्यही जगमा आज लालझाडी क्षेत्रमा पूर्वाधारका योजना अघि सारेका छौँ ।

’ लालझाडीलाई अन्य पालिका जोड्नका लागि झोलुङ्गेपुल सहित पक्की पुलका लागि समेत पहल र क्रमागत पुल समयमै सम्पन्न गर्नका लागिष् स्थानीय सरकारले घचघच्याईरहेको गाँउपालिका प्रमुख बडायकले बताए । पहिलाद रानाले जनसरोकार पोस्टमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.