सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बदाम, ओखर र हेजलनट खानाले शुक्रकीटको क्षमता र संख्यामा वृद्धि

एक अध्ययनका अनुसार नियमित रूपमा बदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्छ। चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कुल संख्या बढ्ने र तिनमा भरिला शुक्रकीट धेरै पाइने वैज्ञानिकहरूले जानकारी दिएका छन्।

World Link Ads
Mahakali Polytechnic
Dirghayu Ads
Sana Kishan

वर्तमान अवस्थामा प्रदूषण, धूम्रपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको संख्या घट्ने क्रम देखिएका कारण बदाम ओखरजस्ता फल खानु उपयुक्त हुने अध्ययनको निश्कर्ष छ।

शोधकर्ताहरूका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाइदिनेछ। झन्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको भएकाले ती समस्याको समाधानका लागि यो अध्ययन गरिएको हो।

वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका ११९ स्वस्थ पुरुषहरूलाई दुई समूहमा विभाजित गरे। एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलनट नियमित भोजनसँग दिइयो।

अर्को समूहको भोजनमा परिवर्तन गरिएन। बदाम आदि फल खाने समूहको शुक्रकीटको संख्या र गुणमा सुधार आयो। अध्ययनकर्ताका अनुसार शुक्रकीटको संख्यामा १४ प्रतिशत, क्षमतामा ४ प्रतिशत, गतिशीलतामा ६ प्रतिशत र आकारमा १ प्रतिशतले वृद्धि भएको हो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.