Friday, January 22, 2021

कोरोनाका कारण भारतका विभिन्न राज्यमा कर्फ्यु

- Advertisement -

महेन्द्रनगर । कोरोना भाइरसको महामारी थप फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु लगाइएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा लागू हुने गरी कर्फ्यु लगाइएको छ । कर्नाटकमा आउँदो पुस १८ गतेसम्म लागू हुनेगरी हिजोदेखि नै कर्फ्यु सुरु भएको हो ।

कर्नाटकका स्वास्थ्यमन्त्री डाक्टर के सुधाकरले रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न आह्वान गर्नुभएको छ । यसअघि महाराष्ट्र राज्यले पनि कर्फ्यु लगाएको छ । महाराष्ट्रमा लगाएको कर्फ्यु आउँदो २१ गतेसम्म लागू हुनेछ ।

नयाँ वर्ष सन् २०२१ र क्रिसमसका बेला भीडभाड र चलहलपहल बढ्ने भएकाले कोरोना महामारी थप फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख नाघेको छ ।

सङ्क्रमितमध्ये ९६ लाख ९२ हजार निको भएका छन् । भारतमा अहिलेसम्म एक लाख ४६ हजारभन्दा धेरैको सङ्क्रमणका कारण ज्यान गइसकेको छ । मानसखण्ड

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तरकारी मात्रै हैन रायोको साग औषधी पनि हो!

सरल र सर्ब-सुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो...

शरिरलाई तन्दुरुस्त राख्नका लागि तपाईँले खानै पर्ने यी १० चिजहरु !!!

प्रायः व्यक्तिहरू दिनभर थकित महसुस गर्छन्। शरीरमा उर्जाको अभावले दैनिक कार्यहरूमा प्रभाव पार्छ। तपाईँ कति मात्रामा खाना खानुहुन्छ यसको पुरै प्रभाव पूरै दिनको गतिविधिलाई...

भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने !

काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५०...

भारत सरकारद्वारा नेपाललाई दश लाख खोप हस्तान्तरण !

काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन...

आयुर्वेद जीवनको ज्ञान हो :देबराज पुरूष !

कन्चनपुर: आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार...

बैतडीमा जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य !

बैतडी - बैतडी जिल्ला कोरोना सक्रिय संक्रमित शून्य जिल्ला भएको छ । सक्रिय संक्रमित सबै निकोभएर डिस्चार्ज भएपछि तत्कालका लागी बैतडी सक्रिय संक्रमित शून्य...

डब्ल्यूएचओका अनुसार नयाँ प्रकारको कोरोना ६० मुलुकमा फैलियो !

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र...

कोरोना भाईरस विरुद्धको १० लाख डोज खोप आज काठमाडौं आइपुग्ने !

काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया