अत्तरिया : कैलालीको अत्तरियामा पुस २१ गते देखि फुटबल प्रतियोगिता हुने भएको छ । सिवाईसी क्लबको आयोजनामा नियमित बार्षिक कार्यक्रम अन्तरगत फुटबल प्रतियोगिता हुने भएको हो ।
क्लव स्तरिय आयोजना हुन लागेको फुटबल प्रतियोगितामा क्लवका १ सय ५० जना सदस्यहरुबाट ६ ओटा टिम तयार गरिएको खेल संयोजक अनिल सिहले जानकारी दिए ।
प्रतियोगितामा सिवाईसी डिनो, सिवाईसी वरियर्स, सिवासी लायन, सिवाईसी ब्लेक ईगल, सिवाईसी नाईट राईडर र सिवाईसी रोयल टिमको सहभागिता रहने सिहले बताए ।
सिवाईसीले क्लवमा आवद्ध सदस्यहरुलाई सहभागि गराई हरेक बर्ष बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ ।setohimalnews बाट सभार
ADVERTISEMENT