सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस बैठकमा प्रतिनिधिसभा विघटनको विरोध

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन कार्यको विरोध गरेका छन् । केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरीत भएकाले यसको विरोधमा देशव्यापी प्रदर्शन गर्नुपर्ने सुझाव दिनुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले भोलिको बैठकले देशव्यापी विरोध प्रदर्शनबारेमा ठोस निर्णय लिने उनले बताए । बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ । बैठकले कोरोना भाइरस सङ्क्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ ।

Sana Kishan
World Link Ads
Mahakali Polytechnic

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा बुधबार केन्द्रीय सदस्य डा रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुस ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।arthapurna बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.