Friday, January 22, 2021

बिरामीका लागि आर्थिक सहयोग गरी दिन अपिल (बैतडी )

- Advertisement -

 बिरेन्द्र कलौनी/ कंचनपुर :   बैतडीको शिवनाथ-६ बसेडी की सिद्दी धनाडी ६ महिना अगाडी भीरबाट लडेर गम्भीर घाइते भइन। उहाँको तुरून्तै धनगढीमा MRI लगायत सबै चेक जाँच गराउदा डाक्टरहरुले केही देखाएनन। समस्या बल्झदै गएपछि उनको भारतको खटिमा स्थित एक हस्पिटलमा चेक जाँच गर्दा शरीर भरी टुट फुट भई स्पाइनल इन्जुरी जस्तो गम्भीर समस्या देखियो। स्पाइनल इन्जुरीका कारण शरीर नचल्ने भएपछि उनको अहिले काठमाडौं महाराजगंज स्थित टिचीङ हस्पिटलको बेडमा उपचार भैरहेको छ । उहाको स्पाइनल भर्टेब्राको शल्यक्रिया गरी स्टिल इम्प्लान्ट गरिएको छ ।                                                 

उता केही दिन पहिला उहाँ कै एउटै घरकी दिदी कौशिला धनाडी को रुखबाट लडेर गम्भीर घाइते हुँदा त्यही दिन धनगढी स्थित नवजीवन हस्पिटलमा भर्ना गरियो। उहाँको दुबै खुट्टा र कम्मर भाचिएको र माथि शरीरमा पनि गम्भीर चोट छ। डाक्टरहरुले निको हुने आश्वासन दिदै अस्पतालले आइसियुमा राखेर 7/8 दिनसम्म दिन कै 18/20 हजार रुपैयाँ बेड चार्ज मात्रै असुल्यो। 7/8 दिनपछि त्यहाबाट नेपालगन्ज रिफर गर्दै त्यहा बाट पनि उपचार सम्भव नभएपछि एम्बुलेन्स मै काठमाडौं महाराजगंज स्थित टिचीङ हस्पिटलमा ल्याएर भर्ना गरिएको छ । अहिले दुबै दिदी बहिनीहरु टिचिङ हस्पिटल को वल्लो पल्लो बेडमा उपचाररत हुनुहुन्छ । धनगढी नवजीवन हस्पिटलले नै कौशिला धनाडीको ॠण, हात पैँचो निकालेको 3/4 लाख रुपैयाँ सक्काईसक्यो। अझै उनको उपचारमा ६/७ लाख रुपैयाँ लाग्ने भनिएको छ। ४५ बर्षीया कौशिला धनाडीको श्रीमान दुर्घटनामा बितेको १९ बर्ष भैसक्यो। यसैगरी सिद्दी धनाडीको उपचारमा पनि अहिलेसम्म ४/५ लाख रुपैयाँ खर्च भैसकेको छ । अझै उहाँको अप्रेशन लगायत उपचारको लागि ४/५ लाख अझै लाग्ने भनिएको छ । दुबै परिवारको अत्यन्त कमजोर पारिवारिक आर्थिक अवस्था का कारण उनीहरुको उपचारमा समस्या आएको छ ।
आपत बिपत कस्तो हुन्छ भन्ने कुरा देख्ने र सुन्ने भन्दा भोग्नेलाई मात्र थाहा हुन्छ । समस्या झन थपिएकोले दुबै जनाको उपचार राहत सहयोगार्थ आर्थिक सहयोग गरी दिन हुन अनुरोध गरिएपछि देश विदेशमा रहेका मनकारी सहयोगदाताहरुले सहयोग को पहल गरेका छन । दुबईबाट समाजसेवी बलदेव सिंह चाड, मलेशियाबाट अर्पण धनाडी, प्रकाश सिंह साउद भारतबाट देव सिंह साउद, सुरेश बोहरा, मान सिंह कोरियाबाट समाजसेवी लाल साउद, जितेन्द्र महता, अर्जुन सिंह मडै, विरेन्द्र धनाडी, वीर पाल लगायत सुदुरपश्चिम समाज दक्षिण कोरियाकले दिदी बहिनीहरको उपचार सहयोगार्थ आर्थिक संकलनका लागि पहल गरीरहेका छन । उहाँहरुको उपचार सहयोगार्थ निम्न व्यक्तिहरुसंग सम्पर्क गरी सक्दो आर्थिक सहयोग गरी दिनु हुन अनुरोध गरिएको छ                                                               

सम्पर्क व्यक्तिहरु
बलदेव सिंह चाड दुबई
प्रकाश सिंह साउद मलेसिया
अर्पण धनाडी मलेसिया
सुरेश बोहरा भारत
लाल साउद दक्षिण कोरिया
जितेन्द्र महता दक्षिण कोरिया
वीर पाल अध्यक्ष तथा सुदुर पश्चिम समाज दक्षिण कोरिया

नेपालका लागि
खेम सिंह साउद
मोबाइल नं 9860832559
खाता नं 00100501003637
एभरेष्ट बैंक लिमिटेड, नयाँ बानेश्वर काठमाडौं

भारतका लागि

देव सिंह साउद
मोबाइल नं 9914418867
खाता नं 33708228699
भारतीय स्टेट बैंक
अर्बन स्टेट फेस-2 दुग्री , लुधियाना, पंजाब

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडी जिल्लाको पाटनमा वडास्तरीय बाल क्लब र नगरस्तरीय बालसञ्जाल पुनरगठन गरिदै...

बैतडीको पाटन नगरपालिकामा वडास्तरीय बाल क्लब तथा नगर स्तरीय बाल सञ्जाल पुनरगठन गरिने भएको छ । नया युवा नया सोच नेपाल जिल्ला इकाई बैतडीद्धारा...

तातोपानी नाका २० दिनका लागि बन्द,मितेरी पुल पुनःनिर्माण हुँदै !

नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निर्माण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन शुरु: बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म कक्षा...

बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरकफरक समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था कञ्चनपुर, ८ माघ ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा...

प्रसिद्ध त्रिपुरासुन्दरीको भण्डार घरमा ताम्रपत्र

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको भण्डार घरको छानामा ताम्रपत्र लगाइएको छ। प्रसिद्ध शक्तिपीठको रुपमा रहेको सो मन्दिरको भण्डार घरको छानो ताम्रपत्रले छाएको त्रिपुरासुन्दरी मन्दिर...

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन सुरु, कुन तहको कति बेला ?

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीबार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरू भएको छ । कोरोना महामारी जोखिमका कारण अनलाइनका...

बैतडीको दनपा ३ मा नेचुरल अर्गनाइजेसनको कार्यसमिति गठन !

बैतडी- नेचुरल अर्गनाइजेसन बैतडीले दशरथचन्द नगरपालिका ३ मा वडा स्तरिय कार्यसमिति गठन गरेको छ । नेचुरल अर्गनाइजेसनका नगर कार्य समिति अध्य प्रविन टेरको अध्यक्षतामा...

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख कारवाही

  काठमाडौं ःवाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा...

अरुको नाममा रहेको एनसेलको सिमकार्ड यसरी आफ्नो नाममा दर्ता गर्नुहोस् !!

यदि तपाईं एनसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया