सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहिले र अहिलेको दोधारा-चाँदनीमा विकास निर्माणको यस्तो भिन्नता

महेन्द्रनगर । कञ्चनपुरको माहाकाली नदी पारिको एक क्षेत्र हो माहाकाली नगरपालिका । स्थानीय सरकार स्थापित भइसके पछि माहाकाली नगरपालिकाले विकास निर्माणमा वृहत फड्को मारेको पाइन्छ ।

पहिले माहाकाली नगरपालिकामा (साविकको दोधारा–चाँदनी) झोलुङ्गे पुल देखि कुतियाकवरको बस्तीलाई जोड्ने सडक सञ्जाल नै निम्छरो थियो । गाउँ–टोलका बाटा–घाटाहरु गुणस्तरहिन थिए । तर पछिल्लो तीन वर्षमा माहाकाली नगरपालिकाको स्थानीय सरकारले जनस्तरमा प्रयाप्त विकासका पुर्वाधारहरु पुर्याएको छ ।

सडक सञ्जालले पुरै नगरपालिकालाई समेटेको छ । झोलुङ्गे पुल देखि कुतियाकवरको बस्ती सम्मलाई कालोपत्रे सडकले छोएको पाइन्छ । सम्पुर्ण नगरपालिका क्षेत्रलाई सडक सञ्जालले समेटने कार्य भइरहेको माहाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्रले बताए । नगर भित्र रहेका रुपमा रहेका पशुचौपायहरुका लागि बाबाथानमा र चाँदनीमा व्यवस्था गरिएको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

१ देखि ५ वडासम्मको सडकमा भेटिटएका पशु चौपायहरुलाई माहाकाली नजिकको झोलुङ्गे पुल नजिकको चाँदनी बजारको छेउमा राखिने र त्यस्तै ६ देखि ९ को क्षेत्रमा फेला परेका पशुचौपायहरुलाई बाबाथानमा व्यवस्थीत तरिकाले पाले सहितको व्यवस्था गरि राखिने माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार ले बताए ।

Dirghayu Ads

त्यस्तै कोरोना माहामारीको बिचमा हुदै आएका तथा सञ्चालनमा रहेका विकास निर्माणका कार्यहरुलाई अगाडी बढाउने र यसै विच मुक्त हलिया उत्थान सम्बन्धिका कार्यक्रम, स्वरोजगारका कार्यहरु सञ्चालनमा रहेको जनाइएको छ ।

माहाकाली नगरपालिका भित्र रहेका कृषकहरुलाई विभिन्न कृषिअनुदान कार्यक्रमहरु पनि सञ्चालनमा रहेका छन् । उद्यमशिल किसानहरुलाई बोरिङको, अनदानमा मल, विउहरु दिने जस्ता कार्यहरु सञ्चालनमा रहेको नगरप्रमुख सुनारले बताए ।

माहाकाली नगरपालिका रहेका सडक सञ्जालको विकासको काम द्रुतगति भइरहेका छन् । सडकमा भित्र कम्तिमा १० किलो मिटर सडकमा गुडेपछि ६ किलो मिटर सडक पक्की अर्थात कालोपत्रे गरिने बताइएको छ । नगरपालिकाको सम्पुुर्ण वडाहरुलाई सडक सञ्जालमा जोडिने भएका छन् ।

यसले गर्दा विकास निमार्ण कायहरु गर्न निकै सजिले भएको छ । विरामी रहेका तथा आपतकालिन स्वास्थ्य समस्यामा परेकालाई समयमै अस्पताल पुत्याउन सकिने भएको छ । अबको नयाँ आर्थिक वर्षमा माहाकाली नगरपालिकामा रिङ रोडको योजनालाई अगाडी बढाइने नगरप्रमुख सुनारको कथन छ ।

Sana Kishan

सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा नगरपालिका क्षेत्रभित्र रिङ रोड स्थापना हुने उनले जनाए । माहाकाली नगरपालिकाको मुख्य आयस्रोतको रुपमा रहेको माहाकाली नदिजन्य उत्खननले टेवा पुत्याईको छ । नदिजन्य उत्खननको कार्य भीमदत्त नगरपालिका र माहाकाली नगरपालिकाको सहकार्यका हुदै आएको छ ।

यसमा भिनपालाई ६२% र मनपालाई ३८% पाउने सम्झौतामा उत्खनन कार्य हुदै आएको छ । कोरोना माहामारी संगै लड्दै विकास कार्यहरुलाई पनि अगाडी बढाउदै लैजाने तयारीमा रहेको नगर प्रमुख सुनारले सुनाए । कोरोनाको संक्रमणमा परेका गरिब असाहय अशक्त विपन्न परिवारको लागि नगरपालिकाले सहयोग गर्ने उनले बताए ।

माहकाली नगरपालिकामा एक साताको लागि लकडाउन गएिको छ । कोरोना र चिसो मौसमको समयलाई मध्यनजर गर्दै माहाकाली नगरपालिकाले निजी तथा सरकारी कार्यालय शैक्षिक संस्थाहरु बन्द गरेको छ ।गरिएका छन् ।
नगरपालिकाले महामारीको समयमा माहामारी सम्बन्धि योजनालाई अगाडी सारेको नगर प्रशासकिय अधिकृत मिश्रले बताए ।

कोभिड–१९को रोकथामको लागि माहाकाली नगरपालिकाले अबको केहि दिनमा नै समुदाय स्तरमा स्वाथ्यकर्मी परिचालन गरी माहामारीको अवस्था बारे जानकारी लिने नगरप्रमुख सुनारले बताएका छन् ।

नगरपालिका क्षेत्रभित्र रहेका सबै स्थानियको पिसिआरको लागि स्वाव संकलन गर्ने कार्य छिटै हुने नगरप्रमुख सुनारले जानकारी दिए । नगरप्रमुख सुनारका अनुसार समुदायमा फैलिदै गरेको कोरोना माहामारीको नियन्त्रणको लागि स्वास्थ्य कार्यालय तथा नेपाल सरकारले लागु गरेका मापदण्डको पालना गर्दै जानु पर्ने बताए ।

माहाकाली नगरपालिकामा बुधबार सक्रमण पुष्टि भएका शिक्षकसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सर्वसाधारणम कोरोना पुष्टि भएको थियो । सक्रमितहरुको अवस्था सामान्य रहेको बताएका छन् ।

सक्रिय संक्रमण पुष्टि भएका अन्यलाई धनगडी अस्पतालमा उपचार भईरहेको जनाएका छन् । कोभिड–१९ को सक्रमण पुष्टि भएका विपन्न घरपरिबार तथा गरिब, असहाय, अशक्त परिवारको पनि माहाकाली नगरपालिकाले उपचारको जिम्मा लिने भएको छ ।

कोरोना माहामारीको अवस्थाको बारेमा अनुसन्धान गर्नको लागि प्रत्येक वडामा स्वास्थ्य कर्मी परिचालन गर्ने भएका छन् । प्रत्येक वडामा ४–६ जनाको स्वास्थ्य कर्मीको टोली परिचालन गरिने नगरप्रमुख सुनारले बताए ।सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.