Wednesday, January 20, 2021

सुदुरपश्चिममा नेकपाका नेताहरु को कुन समुहमा लागे ?

- Advertisement -

धनगढी –नेकपा केन्द्र देखी नै दुई समुहमा बांडिएपछि सुदूरपश्चिम प्रदेशमा पनि नेताहरु आफ्नो कित्ता क्लियर गर्न थालेका छन् । सुदुरपश्चिमका दुई मुख्य नेता लेखराज भट्ट र भिमरावल अलग अलग समुहमा गएपछि त्यसको असर तल्लो कमिटी सम्म पर्ने देखिन्छ । नेता भिम रावल विगतदेखि नै माधव नेपाल समूहका नेता मानिन्छन् भने उनी त्यही समुहमा रहेका छन् ।

लेखराज भट्टले भने आफ्नो धार परिबर्तन गर्दै ओली क्याम्पमा गएका छन् । प्रदेशका केही साँसद र नेताहरु अझै खुल्न चाहेका छैनन । यँहाको राजनितीमा माथिको समुह भन्दा पनि लेखराज र भिम रावलको कित्तामा उभिने क्रम बढने देखिन्छ ।

सुदूरपश्चिमका अर्का नेता कर्ण थापा विगतदेखि नै ओली समूहमा थिए । पूर्व माओबादी समुहका नेता खगराज भट्ट प्रचण्ड समूहमै छन् । लेखराज भट्ट ओली समूहमा लागेपछि पछिल्लो समय सुदुरपश्चिममा रावल पछि प्रचण्ड- माधव समुहले खगराजलाई अगाडि बढाउँदै जाने सम्भाबना देखिएको छ ।ओली सरकारको मन्त्रीबाट राजीनामा दिएकी बिना मगर प्रचण्ड समूहमै छिन् । उनी कञ्चपुरबाट प्रत्यक्ष निर्वाचित सासंद पनि हुन।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिचोलन भट्ट पनि प्रचण्ड समूहमा छन् । उनलाई मुख्यमन्त्री बनाउन लेखराज भट्टले नै अगाडी सारेका थिए । मुख्यमन्त्री भट्ट पनि पूर्व माओवादी नेता हुन् । नेता दीपकप्रकाश भट्ट प्रचण्ड – माधव समूहमै छन् । डोटीका नेता प्रेम आले ओली समूहमा छन् । उनी प्रत्यक्ष निर्वाचन जितेका नेता हुन् । निरुदेवी पाल ओली समूहमै छिन् । उनी विगतदेखि नै ओली समूहमा थिइन । दार्चुलाका नेता तथा सांसद गणेश ठगुन्ना पनि ओली समूहमै छन् । प्रदेशका आन्तरिक कानुन मन्त्री प्रकाश शाह बिगत देखी नै माधव समुहमा नै थिए । झपट रावल पहिले देखी नै माधव समुह कै नेता हुन । गोदावरी न्युजबाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...

मोटरसाइकल र माइक्रोबस ठोक्किँदा तीनजनाको मृत्यु !

विराटनगर । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको...

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ !

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रायलमा पेश गरेको छ । २०७४ सालमा...

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया