जाडोको समयमा देखा पर्ने रोगहरु मध्ये एक हाइपोथर्मिया हो। मानिसको शरीरको तापक्रम छिटो छिटो घट्दै गएको अवस्थामा यो रोग लाग्ने गर्छ। यस रोगले गर्दा मानिसको ज्यान पनि जान सक्छ। यो रोग लागेको बेलामा हात खुट्टा सुनिने तथा रातो हुने हुन्छ ।
यस रोगबाट बचनको लागी शरीरलाई न्यानो बनाउन आवश्यक पर्ने लुगाहरु लगाउनु पर्छ। शरीरलाई चिसो महसुस हुने बित्तिकै जति सक्दो चाँडो शरीरलाई तातो बनाउनुपर्छ । यस समयमा तातो झोलयुक्त खानेकुराहरु बादी मात्रामा खानुपर्छ । जाडो महिनामा प्रोटिन, फ्याट भएका खानेकुरा बढी खानुपर्छ, यसले शरीरमा तापक्रम उत्पादन गराउँछ।
यस रोगका लक्षणहरु यस प्रकार छन् :
१.जाडो भएर शरीर थरथर काप्ने
२. हातखुट्टा निलो हुँदै जाने
३. टाउको दुख्ने
४. हातखुट्टा कठ्यांग्रिने
५. रिँगाटा लाग्ने
६. कमजोर महसुस हुने
७. बेहोस हुने
८. बढी भोक लागेको महसुस हुने
९ सास फेर्न गाह्रो हुने
१०. पेट कराउने जस्ता समस्या देखा पर्दछ्न , यसबाट बच्नको लागि शरीरलाई न्यानो राख्नु पर्दछ । झोलिलो तातो खाने कुरा खाने गर्नुपर्द्छ ।