मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

 

शारीरिक तथा मानिसक अस्वस्थता रहन सक्छ। आर्थिक लेन-देन कार्यमा सावधान रहन जरूरी छ। निर्णय शक्तिको अभावले मनमा दुविधा रहनेछ। अधिक लाभ लिनको प्रलोभनमा कुनै नोक्सान नहोस्, सावधान हुनुहोस्। परिवारमा नकारात्मक वातावरण रहला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurusतपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ। धन वृद्धि तथा पदोनान्तिको योग रहेको छ। व्यापार व्यवसाय क्षेत्रमा सफलता मिल्नेछ। परिवार तथा साथी-भाईसँग आनन्दमय समय बित्नेछ। छोटो र रमणीय यात्राको सम्भावना छ। नयाँ सम्पर्कहरू पनि बढ्न सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

 

कार्यालयमा सह-कार्यकर्ता र उच्च अधिकारीहरूसँग सम्बन्ध राम्रो हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। पदोन्नतीको योग रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। सांसारिक जीवन आनन्दित हुनेछ। आफन्तजानबाट उपाहार पाएर तपाईं प्रशन्न रहनुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

 

तपाईं यस दिन धार्मिक कार्यमा व्यस्त हुनुहुनेछ। धार्मिक यात्राको पनि सम्भावना छ। परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मन चिन्तित रहनेछ। आकस्मिक धन लाभ मिल्नसक्छ। भाग्यवृद्धिको योग रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

 

शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव गर्नुहुनेछ। स्वास्थ्य बिग्रनाले आकस्मिक खर्च निम्त्याउन सक्छ। परिवारका सदस्यहरूसँग सावधानीका साथ व्यवहार गर्नुहोस्। अनैतिक कार्य गर्नबाट बच्नुहोस्। कार्यक्षेत्रमा समस्या आइपर्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

 

सामाजिक क्षेत्रमा मान-सम्मानका साथै ख्याति पनि बढ्नेछ। नयाँ वस्त्र तथा वाहन सुख प्राप्त हुने सम्भावना छ। यदि श्रीमान् र श्रीमती बीच झगडा भएको छ भने पनि यस दिन घनिष्टता बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

 

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा सहकर्मीसँग सहकार्यका साथ काम गर्न सकिनेछ। आमा-बुबाबाट शुभ समाचार प्राप्त हुनेछ। शत्रु तथा प्रतिस्पर्धी माथि विजय प्राप्त हुने सम्भावना उच्च छ। व्यापार व्यवसायमा समय अनुकूल नै रहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

 

तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। विद्यार्थीहरूले अभ्यासमा सफलता प्राप्त गर्न सक्छन्। यस दिन नयाँ कार्यहरू सुरू नगर्नुहोस्। आर्थिक योजनाको लागि दिन अनुकूल रहनेछ। सम्भव छ भने यात्रा स्थगित गर्नुहोस्। स्वास्थ्य सामान्य रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

 

मनमा उदासिनता छाउनेछ। शरीरमा उर्जाको र दिमागमा प्रफुल्लता कमी रहनेछ। परिवारका सदस्यहरूसँगको तनावका कारण घरको वातावरण नकारात्मक हुनेछ। तपाईंको स्वाभिमानमा आँच आउनसक्छ, सजग रहनुहोला। धनहानिको योग रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

 

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। रोजगार, व्यापार तथा दैनिक कार्यमा अनिकूल परिस्थिति रहनाले मन प्रशन्न रहनेछ। भाई-बहिनीबाट लाभ तथा सहयोग प्राप्त हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

 

आवश्यक वाद-विवादमा नपर्नुहोला। धार्मिक कार्यका लागि खर्च गरिनेछ। पारिवारिक वातावरण बिग्रन सक्छ। कार्य असफलताले मन निराश रहनेछ। स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ। निर्णयशक्तिको अभाव हुनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ। स्वास्थ्य राम्रो रहनाले मनमा उत्साह रहनेछ। नयाँ काम सुरू गर्नका लागि दिन राम्रो छ। परिवार तथा साथी-भाईसँग स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। धन लाभ मिल्ने सम्भावना छ। धार्मिक यात्राको योग छ।