काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव आफ्नो समूहको बैठकमा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले यस्तो प्रस्ताव गरेको एक नेताले जानकारी गराए । उनका अनुसार मौजुदा ४४६ सदस्यमा ५५६ जना थप गर्ने र आवश्यकताअनुसार अरु १९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने प्रस्ताव गरेको हो ।