सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस निर्वाचनबाट भाग्दैन, सामना गर्छौं: नेता साउद

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताएका छन्। मध्यावधि निर्वाचनको विषय अदालतमा विचाराधिन रहेको र यदि निर्वाचन हुने अवस्था आएमा कांग्रेस पछि नहट्ने उनको भनाई थियो।

‘संसद विघटन र मध्यावधि चुनाव घोषणाले राजनीतिक अन्यौलता र स्थिरताको खतरा बढ्यो। दुई तिहाइले पनि स्थिरता र समृद्धि दिन सक्ने रहेनछ भन्ने पुष्टि भयो,’ नेता साउदले  भने, ‘यो कदम अप्रातान्त्रिक र असंवैधानिक भए पनि कांग्रेस निर्वाचनबाट भाग्दैन। यो विषय अदालतमा रहेकाले निर्क्यौल भएपछि चाँडो निर्वाचन र सहभागिता स्वभाविक हुनेछ।’

कांग्रेस प्रजातन्त्रको रक्षा र जनतामा जाने कुराबाट पछाडि नहट्ने उनले दोहोर्‍याए। निर्वाचन हुने अवस्था आएमा सबैलाई स्वीकार्य हुने हिसाबले चुनाव सुनिश्चित गर्नुपर्ने उनको सुझाव थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

निर्वाचन र पछिल्लो कदमबारे भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकले थप निर्णय लिने साउदले जानकारी दिए। ‘अहिलेको परिस्थितिबाट मुक्तिका लागि निर्वाचनबाट भाग्दैनौ। यसको सामना गर्छौं,’ उनले भने।

Dirghayu Ads

नेता साउदले एकताकै दिनबाट नेकपाको विभाजनको बाटो कोरिएको र अहिले उत्कर्षमा पुगेको उल्लेख गरे। ‘पार्टीलाई संसदले नियन्त्रणमा लिने व्यवस्थामा कम्युनिस्ट पार्टीले सरकारलाई नियन्त्रणमा लिन खोज्दा अहिलेको अवस्था आएको देखिन्छ। पार्टी र सरकारको गम्भीर मतभेदको परिणाम मध्यावधि हो। यसलाई छिटोभन्दा छिटो निकास दिनुपर्छ,’ उनले भने।

नेकपाको आन्तरिक किचलो र प्रधानमन्त्रीको कदम जनताको मतमाथिको तुषारापात भएको उल्लेख गर्दै नेता साउदले आर्थिक बोझ र मुलुक अस्थिरताको हिसाबले गलत भएको उल्लेख गरे। ‘३ अर्ब खर्च गरेर चुनाव गरेको तीन वर्षपछि फेरि जनताको पैसा दुरुपयोग हुने अवस्था आयो। यो विडम्बवना हो,’ उनले भने।सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.