ती नियमको पालना गर्दा चमत्कारी फल प्राप्त हुने गर्दछ। सधै पुजा पाठ गर्ने व्यक्तिलाई पनि यस्ता नियमका बारेमा थाहा नहुन सक्छ। ती नियमको पालना नगरेकै कारण उनीहरुलाई पुजाको फल प्राप्त नभएको हुनसक्छ।
तपाई पुजा गर्ने समयमा दिप अवश्यक बाल्ने गर्नु भएको हुनसक्छ। हिन्दू संस्कार अनुसार पुजामा दिप बाल्नु अनिवार्य जस्तै मानिन्छ।
दिप बाल्दा घरमा नकारात्मक उर्जा नष्ट हुने र सकारात्मक उर्जाले प्रवेस गर्ने शास्त्रमा उल्लेख छ। दिप बाल्दा देवी देवता पनि प्रसन्न हुने र सबै नराम्रो शक्ति हटेर जाने विश्वास गरिदै आइएको छ।
तपाई हरेक दिन घरमा पुजा गर्दा दिप त बाल्नुहुन्छ तर दिप बाल्ने तरिकाका बारेमा थाहा नहुन सक्छ। जसका कारण तपाईलाई फल प्राप्त हुनुको साटो नोक्सान मिल्ने गर्दछ। त्यसैले आज हामीले तपाईलाई दिप बाल्दा ध्यान दिनु पर्ने कुराका बारेमा जानकारी दिदैछौँ।
दिप बाल्दा ध्यान दिनुहोस् यी कुरा
१) जब तपाई आफ्नो घरमा पुजा गर्नुहुन्छ र पुजा गर्दा घयूको दियो बाल्नुहुन्छ भने यसलाई आफ्नो बाँया हातले र यदी तपाईले तेजको दियो बाल्नुहुन्छ भने दायाँ हालते बाल्नुहोस्। दिप बाल्ने यो निकै उत्तम उपाय हो।