सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्वाधार विकास कार्यालय मार्फत दर्जनौँ सडक र पुल निर्माण हुँदै

पूर्वाधार विकास कार्यालय मार्फत कञ्चनपुरमा दर्जनौँ सडक र पुल निर्माण भईरहेका छन । पूर्वाधार विकास कार्यालय मार्फत क्रमागत एव चालु तर्फ दर्जनौँ सडक निर्माण भईरहेका हुन । भने चालु आर्थिक बर्ष २०७७÷०७८ मा दुई पुल निर्माण भईरहेका छन । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी एव ईन्जिनियर खेमराज भट्टले बेदकोट र शुक्लाफाँटामा दुई पुल सहित जिल्लाभरी दर्जनौँ सडक निर्माण भईरहेको बताए । उनका अनुसार सडकको स्तरबृद्धिका साथै कालोपत्रे रहेका छन । सूचना अधिकारी भट्टका अनुसार शुक्लाफाँटा नगरपालिका १० टोटी नालामा ३६ मिटर लम्बाईको पुल निर्माण भईरहेको बताए । केएस कस्ट्रक्सनले ४ करोड ४८ लाख ६५ हजारमा गत असारमा ३६ महिनाभित्रै सम्पन्न गर्ने गरि सम्झौता भएको छ । काम पनि शुरु भएको सूचना अधिकारी भट्टले बताए । यस्तै बेदकोट नगरपालिका १० नयाँ गाँउ र चतहरी जोड्ने एक सय स्पानको पुल निर्माण हुने छ ।

‘पुलको डिजायन समेत निर्माण कम्पनी केएस कस्ट्रक्सनले नै गर्ने छ, ‘सूचना अधिकारी भट्टले भने, ‘यो पुल नयाँ डिजायनमा बन्नेछ ।’ उनका अनुसार ११ करोड ५४ लाख ९१ हजार ३६ महिनामा सम्पन्न गर्ने गरि सम्झौता भएकोछ । दुवै पुलको ठेक्का पाएको केएस कस्ट्रक्सनका संचालक सुरेन्द्र पालले समयमै काम गर्ने कार्यालयसंग प्रतिबद्धता जाहेर गरेका छन । ६ पुलका लागि माग अघि सारिएको छ । भानुचोक विष्णूमन्दिर जोड्ने ऐठपुर स्थित महाकाली सिँचाईको नहरमा, बेदकोट नपा ८ र भीमदत्त नगरपालिका १ जोड्ने जेसिज मावि नजिक खोलामा, भीमदत्त नगरपालिका २ र बेदकोट नपा ९ जोड्ने कनकट्टी खोला, बेदकोट नपा ४ बगुन खोला, बेलडाँडी गाँउपालिका ५ ईमलिया स्थित चौधर नदी, बेदकोट नपा २ पथरिया नदी, पुनर्वासको लमैया र दोधाराको जोगबुढा नदीमा पुल निर्माणका लागि माथिल्ला निकायमा माग भएको छ । ‘हामीले कार्यालयका तर्फबाट तत्तकाल ८ स्थानमा पुल निर्माणका लागि डिपिआर बनाएर माथिल्लो निकायमा फाईल पठाएका छौँ, ‘सूचना अधिकारी भट्टले भने, ‘स्वीकृत भएसंगै सो स्थानमा समेत पुल निर्माणको काम अघि बढाउँछौँ ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

यसका साथै चालु आर्थिक बर्षमा कार्यालयबाट दर्जनौँ क्रमागत एव नयाँ सडकको काम भईरहेकोछ । सूचना अधिकारी भट्टका अनुसार क्रमागत तर्फ बन्साहदेखि दोमिल्ला ९ किलोमिटर सडक कालोपत्रे भईरहेको छ । सन्तोषी थेगिम भेजीले गत साउनमा ३६ महिनभित्रै सम्पन्न गर्ने गरि ११ करोड ६३लाख २४ हजारमा ठेक्का पाएका छन । वाणी–देखतभूली–कञ्ज–शंकरपुर–पचगडीया–बाईसेविचुवा खण्ड अन्र्तरगतको ३३ किलोमिटर सडकमा ५ किलोमिटर कालोपत्रे गर्नका लागि केएस कस्ष्ट्रक्सन प्रालिले ६ करोड, २ लाख २४ हजारमा ठेक्का पाएकोछ । वंक पहरिया दोमिल्ला अन्र्तरगत ७ किलोमिटर कालोपत्रेका लागि गत साउनमा ८ करोड २८ लाख ५६ हजारमा सन्तोषी थेगिमसंग सम्झौता भईसकेको छ । वाईआर उच्चकोटी जेभीले बेदकोट नगरपालिका ७ बन्दाताल चुनेपानी सिद्धसरोबर ६ किलोमिटर सडक स्तरबृद्धिका लागि २ करोड ६६ लाख ६४ हजारमा सम्झौता गरेको छ ।

७ मिटर चौडाई ५स्तरबृद्धि र नाला पर्खाल सहित निर्माण गरिरहेको छ । सुडा गाउजी बृद्धाआश्रम सडक कालोपत्रेका लागि पनि वाईआर उच्चकोटीले ३ करोड ८ लाख ७ हजारमा ४ किलोमिटर कालोपत्रे जिम्मा पाएकोछ । ‘ठेक्का सम्झौता भएका सबै सडकमा काम चलिरहेको छ, ‘सूचना अधिकारी भट्टले भने, ‘सबैभन्दा दुत गतिमा बन्दाताल चुनेपानी सिद्धसरोवर सडकको काम भईरहेको छ ।’ साना १सय ३० सडकमध्ये ५० भन्दा बढिमा ठेक्का सम्झौता भईरहेको छ । उक्त सडक २०देखि ४०लाख लागतमा स्तरबृद्धि हुने सडक हुन । जिल्लाभरी ३२ सडक क्रमागत अन्र्तरगत माथिल्लो निकायमा फाईल पेश गरिएको सूचना अधिकारी भट्टले बताए । ‘तोकिएकै समय र गुणस्तरिय काम गराउनका लागि कार्यालयका तर्फबाट बेला बेलामा तोकेता गरिहेका छौँ, ‘सूचना अधिकारी भट्टले भने, ‘अहिलेसम्म सबै सडकका सन्तोजनक काम भईरहेको छ ।’ काम नगर्ने गुणस्तरियहिन काम गर्नेमाथि कार्बाही गरिने समेत सूचना अधिकारी भट्टले चेतावनी दिए । सबैलाई समयमै काम गर्न आग्रह गरेका छन । पूर्वाधार विकास कार्यालयबाट मात्रै निर्माण भईरहेका सडक, पुल पुलेसा समयमै सम्पन्न भए विकासका साथै नागरिकलाई यात्राका लागि सहज हुनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.